Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

चलचित्र पत्रकार संघ नेपालको २६ औं वार्षिकोत्सव र कार्याशाला इलाममा समापन

चलचित्र पत्रकार संघ नेपालको २६ औं वार्षिकोत्सव र कार्याशाला इलाममा समापन

  • सन्देश सम्बाददाता
  • शुक्रबार, जेष्ठ १० २०८२


चलचित्र पत्रकार संघ नेपालको २६ औं वार्षिकोत्सव र कार्याशाला इलाममा समापन

इलाम । चलचित्र पत्रकार संघ नेपालको २६ औं वार्षिकोत्सव तथा दोस्रो तथा कार्यशाला इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा सम्पन्न भएको छ । उपत्यका बाहिर पहिलो पटक आयोजित यस कार्यक्रमको उद्घाटन चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार शिव श्रेष्ठ, गौरी मल्ल, बसुन्धरा भुषालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रम आयोजक संस्था चलचित्र पत्रकार संघ केन्द्रका अध्यक्ष समीर बलामीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा देशभरका अढाई सय बढी पत्रकारहरु र चलचित्रकर्मीहरुको सहभागिता रहेको थियो । उद्घाटन सत्रमा चलचित्र पत्रकार संघ कोशी अध्यक्ष सन्जु राईले स्वागत गरेको कार्यक्रमको सफलताको लागि बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकारहरु शिव श्रेष्ठ, बसुन्धरा भुषाल, गौरी मल्ल, चलचित्र कलाकार संघका मोहन निरौला, कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर केन्द्रीय अध्यक्ष कमल गिरी, प्रदेशका केवल तामाङ, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई वडा नं ४ का वडा अध्यक्ष सरन राई, वडा नं ५ का वडा अध्यक्ष उर्गेन बम्जन लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कोशी पर्यटन बर्ष २०८२ सँग समेत जोडेर आयोजित कार्यक्रमको उद्धेश्य स्थानीय पर्यटन प्रबर्द्धन गर्नु रहेको अध्यक्ष बलामीले बताए । कार्यक्रम तीन दिनसम्म चलेको थियो । संघले २६ औं बार्षिक उत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान समारोह तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एंव दोस्रो राष्ट्रिय भेलाको पनि आयोजना गरेको हो।

पुरस्कृत एबं सम्मानित समेत पाउनेहरुमा ध्रुव लम्साल राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२, विष्णु सुवेदी राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान १०८२, नरेन्द्र बस्नेत कोशी, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवन कुमार पराजुली राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१, वर्षा बस्नेत राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१, रश्मी थापा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१, तुलसी प्र निरौला कोशी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१ ले पुरस्कृत भएका थिए ।तीनसम्म संचालन भएको कार्यक्रममा चलचित्र सम्बन्धि कार्यशाला साथै विभिन्न बिषयमा संवाद कार्यक्रम भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार