Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा पर्यटन बारे सरोकारवलासँग अन्तरक्रिया (तस्बिरहरु)

इलाममा पर्यटन बारे सरोकारवलासँग अन्तरक्रिया (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख ३० २०८२


इलाममा पर्यटन बारे सरोकारवलासँग अन्तरक्रिया (तस्बिरहरु)

इलाम । जिल्लास्तरीय पर्यटन विकास र प्रर्वद्धन बिषयमा इलाम नगरपालिकाको इलाम बजारमा छलफल सम्पन्न भएको छ । कोशी पर्यटन वर्ष २०८२ को सन्दर्भमा जिल्ला समन्वय समितिको समन्वय, कोशि पर्यटन वर्ष २०८२ को सचिवालय र पर्यटन कार्यालय झापा काँकरभिट्टाको आयोजनामा सरोकारवालासँगको अन्तरक्रिया सम्पन्न भएको हो । कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक कृष्ण साहको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा कोशी पर्यटन वर्ष २०८२ को औचित्य माथि सह–संयोजक कृष्ण शाहले प्रष्ट पारेका थिए । भ्रमण वर्षका आवश्यकता र पर्यटन प्रवद्र्धनका बारेमा पर्यटन कार्यालय झापाका कार्यालय प्रमुख छविलाल खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
पर्यटन कार्यालयको कार्यपत्र प्रस्तुतपछि जिल्ला समन्वय समिति उप–प्रमुख चित्रकला बराईली, माई नगरपालिका इलामकी उप–प्रमुख हिमादेवी भण्डारी, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, साहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण पौडेल लगायतका इलामको पर्यटन क्षेत्रको व्यवस्थित विकासमा जोड दिएका थिए । अन्तरक्रियामा इलामको पर्यटन प्रवद्र्धनका लागि भएका संरचनाको सुधार गर्दै अघि बढ्नुपर्नेमा केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले जोड दिए ।
अन्तरक्रियामा पर्यटन पत्रकार सुजन तिमसिना, पर्यटक गाईड प्रशान्त गिरि लगायतले पर्यटन प्रवद्र्धनमा पूर्वाधार निर्माण मात्रै नभएर प्रचारप्रसारमा पर्यटन व्यवसायी आफैँ सक्रिय हुनुपर्नेमा जोड दिए । अन्तरक्रियामा इलाम नगर पर्यटन समितिका सचिव अर्जुन पोखरेल, होमस्टे व्यवसायी रिना घिमिरे, होटल व्यवसायी पविमाया गुरुङ्गले इलामको पर्यटन विकासका लागि सबैँ एक भएर लाग्नुपर्नेमा जोड दिए ।

थप तस्बिरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार