Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको पर्यटन प्रवद्र्धनमा जुट्दै चलचित्रकर्मी (तस्बिरहरु) 

इलामको पर्यटन प्रवद्र्धनमा जुट्दै चलचित्रकर्मी (तस्बिरहरु) 

  • सन्देश सम्बाददाता
  • सोमबार, बैशाख २९ २०८२


इलामको पर्यटन प्रवद्र्धनमा जुट्दै चलचित्रकर्मी (तस्बिरहरु) 
इलाम । हरियाली जिल्ला इलामको पर्यटन प्रवद्र्धनमा नेपालका चलचित्रकर्मीहरु एक भएका छन् । चलचित्रका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले लामो समयबाट चलचित्र क्षेत्रमा क्रियासिल रहेका नायक, नायीका, द्धन्द्ध निर्देशक लगायतका कलाकारहरु इलामका पर्यटकीय गन्तव्यहरु भ्रमणमा व्यस्त रहेका छन् । चलचित्रका माध्यमबाट पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गर्न सहकार्य गर्ने उदेश्यले नेपाल फिल्म शोसाइटीले इलामका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गर्दै आएको हो ।
नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक कृष्ण मल्ल, नायीका शर्मीला मल्ल, चलचित्र द्धन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र निर्माता राजेश विशुवाल लगायतका १० जनाको टोलीले इलामका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरि अध्ययन गर्दै आएको हो ।
चलचित्रकर्मीको टोली इलामको रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिका र देउमाई नगरपालिका भ्रमण गरि इलाम सदरमुकाम पुगेको छ । नेपाल फिल्म शोसाइटीमा आवद्ध कलाकारहरुको टोली आइतबार इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरको रामसार क्षेत्र माईपोखरीमा रात बिताएको थियो । चलचित्रका माध्यमबाट देशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै देशको आर्थिक आयवृद्धिमा सहयोग पुर्याउने उदेश्यले नेपाल फिल्म शोसाइटीको टोली पूर्वी नेपालको भ्रणमा निस्कीएको थियो ।
टोलीमा लेखक÷निर्माता÷निर्देशक कृष्ण ढुङ्गाना, गायक संकरलाल श्रेष्ठ, समाजसेवी दुर्गा विसुवाल, निर्माता नवराज श्रेष्ठ, बरिष्ठ निर्देशक डा धनश्याम खतिवडा , निर्माता गंगाप्रसाद पोखरेल, र पर्यटन व्यवसायी बरिष्ठ कलाकार आर पि पन्त सहभागि रहेका छन् । ग्रामीण क्षेत्रमा फिल्म छायङ्कन गर्दा खर्च घट्ने र ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले अध्ययनमा पूर्वी नेपालको पर्यटकीय क्षेत्रमा भ्रमण गर्दै आएको नेपाल फिल्म शोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । कृष्ण मल्ल नेपाली चलचित्र क्षेत्रका नायकसँगै निर्देशक, निर्माता, लेखक र गितकार हुन् । उनी चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष पनि हुन् ।
नेपाल फिल्म शोसाइटिको टोलीलाई इलामको रोङ गाउँपालिकामा अध्यक्ष मनिकुमार स्याङ्बो सुबास र सन्दकपुर गाउँपालिकामा अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादूर लुङ्गेली मगर, प्रमुख प्रशासकिय अधिकृत यादव राउत, अधिकृत टिका देवी बस्नेत, पर्यटन शाखा रमेश भट्टराई सहितको टोलीले स्वागत गरेको थियो । माईपोखरीमा केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौराली, बोर्ड सदस्य सुजन तिमसिना सहतिको टोलीले स्वागत गरेको थियो । फिल्मु शोसाइटीको टोलीसँग सन्दकपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि गरिएका प्रयास र आगामि दिनमा गर्नुपर्ने कामका बारेमा गाउँपालिकाको टोलीले अन्तरत्रिलया गरेको थियो ।
अन्तरक्रियाका क्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले सन्दकपुर गाउँपालिका भित्र रामसार, सिमसार क्षेत्र, झरनाहरु, पोखरीहरु, हिमश्रङ्खलाको दृश्यावलोकन गर्न सकिने छिन्टापु, जौबारी, सन्दकपुर, माबुथाम लगायतका पर्यटकीय डाँडाहरु प्रशस्त रहेको बताए । उनले भने–हाम्रो गाउँपालिकामा भएका पर्यटकीय गन्तव्यहरुमा चलचित्र छायङ्कनका लागि उपयुक्त भएकाले तपाईहरुलाई स्वागत गर्न आतुर छौँ ।
चलचित्र छायङ्कनका लागि जौबारी, धप्पर, धुपि, टारी  लगायतका फराकीला फाँटहरु हामीकहाँ रहेकाले चलचित्रकर्मीहरुले सन्दकपुरका पर्यटकीय गन्तव्यको भ्रमण गर्न गाउँपालिका अध्यक्ष हरि लुङ्गेलीले आग्रम गरे । अन्तरक्रियामा केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले पछिल्लो समय कन्याम र अन्तु क्षेत्र चलचित्रका माध्यमबाट नै प्रचारप्रसार भएकाले सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनका लागि सहयोग पुग्ने बताए । अन्तरक्रियामा बोल्दै नेपाल फिल्म शोसाइटीका अध्यक्ष, नायक कृष्ण मल्लले माईपोखरी क्षेत्रको छोटो भ्रमणले नै सन्दकपुर गाउँपालिका चलचित्रकर्मीहरुका लागि उपयुक्त गन्तव्य बन्ने बताए ।
हामीले चलचित्र क्षेत्रको विकास र ग्रामीण क्षेत्रको विकासका लागि राम्रो छायङ्कनस्थलको रुपमा  सन्दकपुर गाउँपालिका उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने उनले बताए । नेपाल फिल्म शोसाइटीको टोलीले देउमाई नगरपालिकाको पर्यटकीय गन्तव्य पानिटार क्षेत्र भ्रमण गरेको हो ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार