इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा ‘आतिथ्य सत्कार तालिम’को समापन भएको छ । पर्यटन व्यवसायमा आवद्ध होटेल, होमस्टे र अन्य व्यवसायीहरुका लागि ‘आतिथ्य सत्कार तालिम’ शनिबारबाट शुरु भएको थियो । सन्दकपुर गाउँपालिका ५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा क्रिशल एडभर्टाइजिङ एण्ड क्रिएसन प्रालिको आयोजनामा शुरु भएको तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
तालिममा केचना कञ्चनजंघा पर्यटन विकास समिति इलामका कार्यकारी निर्देशक केशवकुमार धौराली र क्रिशल एडभर्टाइजिङ एण्ड क्रिएसनका प्रबन्धक एवम् पर्यटन पत्रकार सुजन तिम्सिनाले सहजीकरण गरेका थिए । सन्दकपुर ५ का वडाअध्यक्ष यज्ञबहादूर गुरुङ्गको अध्यक्षतामा भएको तालिमको समापनमा प्रमुख प्रतिथि सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउत रहेका थिए । तालिममा सहभागिको तर्फबाट होमस्टे व्यवसायी लोकमाया गुरुङ्ग र दावा र्शेपाले आफ्नो अनुभव राखेका थिए ।
तालिम समापनमा बोल्दै सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतले गाउँपालिकाले पर्यटन प्रवद्र्धन मार्फत आर्थिक विकास गर्ने लक्ष्य लिएकाले समुदाय एक भएर लाग्नुपर्ने बताए । उनले गाउँपालिकाले मुख्य आम्दानीको श्रोत पर्यटन क्षेत्र बनाउन जनप्रतिनिधिले लिएको निति कार्यान्वयमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । पर्यटनको व्यवस्थित विकासका लागि सन्दकपुर गाउँपालिकाले पर्यटन पात्रो निर्माण व्यवस्थित कार्यक्रम गर्ने योजना अघि सारेको बताए । तालिममा सहभागिलाई प्रमुख अतिथि यादव राउत, वडाअध्यक्ष यज्ञबहादूर गुरुङ्ग, जिल्ला समन्वय समिति सदस्य सिता कार्की, वडासदस्य कुमार गुरुङ्ग, प्रमुख प्रशिक्षक केसवकुमार द्यौराली, नेपाल पत्रकार महासंघ इलामका सल्लाहाकार राम योङ्हाङ्ग लगायतले सहभागिलाई प्रमाणपत्र वितरण गरेका थिए ।
तालिम समापनमा बोल्दै सन्दकपुर ५ का अध्यक्ष यज्ञ बहादूर गुरुङ्गले वडाको पर्यटन प्रवद्र्धनका लागि आफ्नो सिलिङबाट लगानी बढाउँदै लगेको बताए । उनले भने पर्यटकीय गन्तव्य छन्, ती क्षेत्रमा पर्यटकहरु ल्याउन समुदाय, होमस्टे व्यवसायी, होटल व्यवसायी लाग्नुपर्नेमा जोड दिए । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले गरेका थिए । उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेली, वडाअध्यक्ष यज्ञबहादूर गुरुङ्ग, सन्दकपुर २ का अध्यक्ष सनम राई, जिल्ला समन्वय समिति सदस्य सिता कार्की, वडासदस्य कुमार गुरुङ्ग लगायतले पर्यटन विकासका लागि गाउँपालिकासँगै समुदाय एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
थप तस्बिरहरु :