Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा संचालित होमस्टे स्वरोजगारको माध्यम

इलाममा संचालित होमस्टे स्वरोजगारको माध्यम

  • सुजन तिमल्सिना 
  • मंगलबार, चैत्र ११ २०८१


इलाममा संचालित होमस्टे स्वरोजगारको माध्यम

इलाम  । इलामका ग्रामीण पर्यटकीय क्षेत्रमा होमस्टे खुल्ने क्रम बढेको छ । पर्यटकिय संभावना भएका ग्रामीण क्षेत्रमा संचालनमा आएका होमस्टे स्वरोजगारका माध्यम बनेका छन् । सूर्योदय नगरपालिका १० का देवराज तामाङले ६ महिना अघिबाट होमस्टे संचालन गरेका छन् । आफु बस्नका लागि बनाइएको घरलाई सुधार गरि तमाङले बोधोघारी होमस्टे संचालन गरेका हन् ।
होमस्टेमा आउने पाउनुलाई स्वामीपार्क, करफोक, सिमपानी, हरियाली चियाबारिसँगै अन्तु र कन्याम घुमाउने गरेका छन् । होमस्टे संचालनले ग्रामीण क्षेत्रमा उत्पादित सामग्रीको खपतसँगै तामाङ परिवार स्वरोजगार भएको छ ।
सन्दकपुर ३ का सोम राईले ५ वर्ष अघिबाट घरमा होमस्टे संचालन गरेका छन् । होमस्टेमा पर्यटकीय क्षेत्र सन्दकपुर, माईपोखरी भ्रमण गर्न पुग्ने पर्यटकहरुलाई स्वागत सत्कार गर्छन् । माईपोखरी सामुदायीक होमस्टेका सदस्य राईले आफ्नो बारीको उत्पादन पर्यटकहरुलाई चखाउने गरेका हुन् । न्यानो आथित्य सत्कार, आयामदायी बसाईले पर्यटकहरु दोहोरिएर पुग्छन् ।
पर्यटनमा कास्की पछि इलाम जिल्ला आउँछ । ग्रामीण पर्यटकीय गन्तव्य धेरै रहेको इलाममा स्थानीयबासीले होमस्टे संचालन गरेका छन् । सरकारी निकाय र संघसंस्थाले होमस्टे संचालनको तालिम प्रदान गरेपछि ग्रामीण क्षेत्रका होमस्टे अर्थतन्त्र आधार भएका हुन् । होमस्टे स्वरोजगारको माध्यम पनि भएको हो । होमस्टे संचालनले गाउँको उत्पादन गाउँघरमै खपत हुने गरेको छ ।
इलामको रोङ, सन्दकपुर, माङ्सेबुङ्ग गाउँपालिका, सूर्योदय र देउमाई नगरपालिका होमस्टे संचालनमा रहेका छन् । जिल्लामा सामुदायीक र व्यक्तिगत गरि २ सय घरधुरीमा होमस्टे संचालन रहेको होमस्टे महासंघ प्रदेश समिति अध्यक्ष लिला भट्टराईले बताइन् । होमस्टे प्रवद्र्धनमा पर्यटन कार्यालय काँकरभिट्टाले तालिम र प्रविधि हस्तान्तरण गर्दै आएको छ । होमस्टे संचालनको पूर्व तयारी कक्षा र संचालनपछिको अभिमुखिकरण कार्यक्रम हुँदै आएको पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार