Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका १० मा घरबास कार्यक्रम संचालनमा सक्रियता (तस्बिरहरु) 

सूर्योदय नगरपालिका १० मा घरबास कार्यक्रम संचालनमा सक्रियता (तस्बिरहरु) 

  • सुजन तिमल्सिना 
  • आइतबार, चैत्र २ २०८१


सूर्योदय नगरपालिका १० मा घरबास कार्यक्रम संचालनमा सक्रियता (तस्बिरहरु) 
सुर्योदय (फिक्कल) । इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० मा होमस्टे संचालनमा स्थानीयबासी सक्रिय भएका छन् । सरकारको मापदण्डमा हामेस्टे संचालनका लागि आफु बस्दै आएको घरलाई सुधार मात्रै गर्दा हुने भएकाले स्थानीयबासी सक्रिय भएका हुन् ।
सूर्योदय नगरपालिका १० को फिक्कल लेप्चा जातिको ऐतिहासिक क्षेत्र हो । कन्याम, अन्तु, गुफापताल लगायत पर्यटकीयस्थल रहेको सूर्योदय नगरपालिका आन्तरिक बाह्य पर्यटकहरुको गन्तव्य हो ।
सूर्योदय नगरपालिका १० मा सिमपानी, स्वामी पार्क, लेप्चा जातिको ऐतिहासिक गुम्बा पर्यटकहरुको आकर्षणस्थल हुन् । यी क्षेत्रमा सिजनमा पर्यटकहरुको चहलपहल बढेसँगै स्थानीयबासी होमस्टे संचालनमा अग्रसर भएका हुन् । गाउँको भाषा सस्कृतिसँगै हरियाली चिया बगानमा पर्यटक घुमाउने योजनाका साथ होमस्टे संचालनका तयारी भएको समाबेसी टोल विकास संस्थाका अध्यक्ष फुर्बा लाप्चाले बताए ।
गाउँवस्तीमा पर्यटकको स्वागत सत्कार र होमस्टे संचालनले ग्रामीण क्षेत्रमा अर्थतन्त्रको विकास गर्ने योजना छ ।  शहरको व्यस्त दिनचर्यालाई मेटाउन शान्त वातावरण र ग्रामीण परिवेसमा पर्यटक तान्न होमस्टे संचालनको योजनाका साथ पर्यटन कार्यालयबाट पूर्व तयारी कक्षा संचालन भएको छ । नेपालका सहर बजार र छिमेकी देश भारतका पर्यटकहरु होमस्टेमा राख्ने र घुमाउने योजनाका साथ होमस्टेको पूर्वतयारी कक्षा संचालन भएको हो ।
होमस्टे आफ्नो ठाउँ, परिवेश, माटो सुहाउँदो आफ्नो मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गर्नुपर्ने सरकारी मापदण्ड छ । ग्रामीण क्षेत्रका समुदायलाई होमस्टे सञ्चालनमा दक्ष बनाई पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने योजना रहेको पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले बताए ।
होमस्टेको विकास हुँदा ग्रामिण क्षेत्रमा रोजगारीका अवसर पनि सिर्जना      हुन्छ । होमस्टे संचालनबाट नगरपालिकाको अर्थतन्त्र विकासमा पनि टेवा पुग्ने सूर्योदय नगरपालिका १० का अध्यक्ष पेमाउगेन लामाले बताए ।
गाउँले जीवन, परिवेशको जानकारीसँगै स्थानीय परिकारको स्वादमा रमाउने वातावरणले इलाममा पछिल्लो समय पर्यटकहरुको आकर्षण पनि बढ्दो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार