Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पत्रकार बास्कोटाद्धारा सम्पादित ‘नेपालमा हाब्रे’ पुस्तक विमोचन

पत्रकार बास्कोटाद्धारा सम्पादित ‘नेपालमा हाब्रे’ पुस्तक विमोचन

  • सन्देश सम्बाददाता
  • शनिबार, फाल्गुन १० २०८१


पत्रकार बास्कोटाद्धारा सम्पादित ‘नेपालमा हाब्रे’ पुस्तक विमोचन

इलाम । लोपउन्मुख रेडपाण्डा (हाब्रे) बारे जानकारी गराउन तयार गरिएको ‘नेपालमा हाब्रे’ पुस्तक इलाममा विमोचन गरिएको छ । गिरिराज बाँस्कोटाले सम्पादन गरेको पुस्तक शनिबार इलाममा कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरे सहितले एक साथ विमोचन गरेका छन् ।

विमोचनमा इलाम जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय लामिछाने, नेपाल सरकारका पूर्व सचिव विमल कोइराला, डिभिजन वन कार्यालय इलामका प्रमुख विरेन्द्र साह लगायतको आथित्यता रहेको थियो ।

पुस्तक रेड पाण्डा नेटवर्क र दीप ज्योती युवा क्लबले संयुक्त रूपमा प्रकाशन गरेका हुन् । पुस्तकमा नेपालमा पाइने हाब्रेको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् ।

पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाई, विप्लव भट्टराई, भीम चापागाई, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख प्रकाशन रहेको छ । कार्यक्रमका अतिथिहरूले पुस्तकले रेडपाण्डाबारे नीति निर्माण र संरक्षणमा सघाउ पुर्‍याउने बताएका थिए । पुस्तकमा पूर्वी नेपालमा रेडपाण्डा संरक्षणमा सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयासहरुसँगै समुदायको सक्रियताका बारे जानकारी दिने लेखहरु समावेस भएको सम्पादक गिरिराज बास्कोटाले बताए । बास्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व अध्यक्ष हुन् ।

थप तस्बिरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार