Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रेड पाण्डा पछ्याउँदै बलिउड अभिनेता हर्षवर्धन राणे इलाममा (तस्बिरहरु)

रेड पाण्डा पछ्याउँदै बलिउड अभिनेता हर्षवर्धन राणे इलाममा (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • सोमबार, मंसिर १७ २०८१


रेड पाण्डा पछ्याउँदै बलिउड अभिनेता हर्षवर्धन राणे इलाममा (तस्बिरहरु)

काठमाडौं । बलिउड अभिनेता हर्षवर्धन राणे बेलाबेलामा नेपाल घुम्न आइरहन्छन् । गत वर्ष साउनमा पनि उनी आएका थिए । त्यतिबेला उनले उपत्यकाका सांस्कृतिक सम्पदाको भ्रमण गरे । विवाह समारोहमा समेत सहभागिता जनाए ।

यसपटक पनि उनी नेपाल घुम्न आएका छन् । तर अहिलेको भ्रमणको उद्देश्य भिन्न छ । उनी यतिबेला केही सहयोगीसहित पूर्वी नेपालको इलाममा छन्, जहाँ उनले लोपोन्मुख रेड पाण्डा हाब्रे लाई पछ्याउँदै आकर्षक तस्वीर खिचिरहेका छन् । वन्यजन्तु फोटोग्राफीमा रुचि राख्ने उनी वाइल्डलाइफ टुर सहयोगी शैव राणासहित रातो पाण्डालाई पछ्याउँदै छन् । इलामको पद्म सम्भव सामुदायिक वनमा पुगेर पैदल यात्रा गर्दै फोटो खिचिरहेका छन् । आफूले खिचेका रेड पाण्डाका आकर्षक तस्वीरलाई उनले इन्स्टाग्राममा सेयर गरेका छन् ।

तपाईंलाई वन्यजन्तु फोटोग्राफीमा रुचि छ भने हर्षवर्धनले खिचेका तस्वीर वास्तवमै आकर्षक लाग्न सक्छन् । इलामको उक्त सामुदायिक वन संकटापन्न रेड पाण्डाको वासस्थान समेत हो । बलिउडको चर्चित फिल्म ‘सनम तेरी कसम’का अभिनेताको यो फोटोग्राफी रुचिलाई लिएर फ्यानले उत्साह व्यक्त गरिरहेका छन् । अहिले यो फिल्मको सिक्वेल बन्ने कुरा पनि छ । उनी भारतको तेलुगु फिल्मका चर्चित अभिनेता समेत हुन् । ‘सनम तेरी कसम’बाट बलिउडमा डेब्यु गरेका उनले ‘तैश’, ‘हसीन दिलरुबा, ‘पल्टन’ जस्ता हिन्दी भाषाका फिल्ममा पनि काम गरेका छन् । सन् २०१५, २०१६ र २०१७ मा उनी द टाइम्स अफ इण्डियाको सबैभन्दा ‘डिजाइरेबल पुरुष’ पनि घोषित भइसकेका छन् ।

तस्वीरहरु : 

अनलाइनखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार