Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटन प्रवद्र्धनका लागि इलाममा फुड फेस्टिबल हुदै

पर्यटन प्रवद्र्धनका लागि इलाममा फुड फेस्टिबल हुदै

  • सन्देश सम्बाददाता
  • सोमबार, मंसिर ३ २०८१


पर्यटन प्रवद्र्धनका लागि इलाममा फुड फेस्टिबल हुदै

इलाम । खानाका परिकारहरुको माध्यमबाट इलाममा पर्यटक भित्र्याउनका लागि इलाममा फुड फेस्टिबलको आयोजना गरिने भएको छ। होटल ब्यबसायी संघ इलामको आयोजनामा यही मंसिर ८ र ९ गते दुई दिन इलाम सदरमुकाममा आयोजना गर्न लागिएको हो ।

इलाम सदरमुकाममा रहेको सिटि मार्टमा आयोजना गरिने प्रदर्शनीमा रैथाने खानाका १६ स्टल रहनेछन्। जिल्लाका विभिन्न क्षेत्रका व्यवसायीले स्टल राख्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष देबि पौडेलले जानकारी दिए ।

इलामस्थित होटेल व्यवसायी संघको आयोजनामा हुने प्रदर्शनीमा रैथाने खाना ढिँडो, गुन्द्रुक, मोही, नेवारी खाना, राई, लिम्बूलगायत विभिन्न जातजातिका सांस्कृतिक परिकार, भुटेको मकै लगायत रहने पर्यटन उपाध्यक्ष शारदा उप्रेतीले बताईन।

यता होटेल व्यवसायी संघ इलामका महासचिव प्रकाश चापागाईंले इलाम आउने पर्यटकलाई रैथाने खानामा लोभ्याउन र प्रचार गर्न प्रदर्शन आयोजना गरिएको बताए । चापागाईंले साझमा सास्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताए ।

प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाका आगन्तुक सहभागी हुने आशा आयोजकको छ। प्रदर्शनीमा आउनेले दर्जनौँ प्रकारका रैथाने खानाको स्वाद चाख्न पाउने साथै फर्केर जादा कोसेलीको रुपमा समेत लैजान सक्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार