इलाम । कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत डिभिजन वन कार्यालय इलामले वन संरक्षण, प्रवद्र्धन, विकास र आयआर्जनका क्षेत्रमा काम गर्नु मुख्य काम हो । डिभिजन वन कार्यालय इलामको पछिल्लो २ वर्ष ५ महिना दानबहादूर श्रेष्ठले गरे । एक सय ४० मिटरदेखि ३ हजार ६ सय ३६ मिटरसम्म फैलिएको इलाममा ९३ हजार ८ सय ४९ हेक्टर वनजंगल रहेको इलाममा दशौँ तहका डिभिजनल वन अधिकृत दान बहादूर श्रेष्ठले इलामको वन क्षेत्रमा सकारात्मक प्रभाव पारेर बिदा भएका छन् । कुल भु–भागको ६५ प्रतिशत क्षेत्रफल जंगल रहेको इलाममा हालसम्म ७६ वटा निजी वन दर्ता भई ६८ हेक्टरमा फैलिएको छन् । डिभिजन वन कार्यालयमा सामुदायीक वनको संख्या २ सय ४३ वटा रहेका छन् ।
कोशी प्रदेश सरकारको डिभिजन वन कार्यालय इलामको वार्षिक कार्यक्रममा वृक्ष सुधार, वृक्षारोपण, बिरुवा उत्पादन, नर्सरी मर्मत, निजी वन दर्ताको काम पनि हुँदै आएको छ । वन क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका लागि डिभिजन वन कार्यालयबाट हुँदै आएका कार्यक्रमले इलामका किसान र वन उपभोत्तामाझ सकारात्मक प्रभाव पार्ने काम भएका छन् । श्रेष्ठको नेतृत्वमा डिभजिन वन कार्यालय इलामले ३ आर्थिक वर्षको बजेट कार्यान्वय भएको थियो । अन्य आर्थिक वर्षमा डिभिजन वन कार्यालयको प्रगति लक्ष्य अनुसार हुन नसकेकोमा पछिल्ला तीन आर्थिक वर्षमा सय प्रतिसत प्रगति भएको हो ।
वन अधिकृत गजेन्द्र कुमार श्रेष्ठका अनुसार डिभिजन वन कार्यालयले राजश्व वृद्धिमा समेत उलेख्य प्रगति भएको छ । १३ करोड रुपैयाँ राजश्व संकलन हुँदै आएको डिभिजन वन कार्यालयको राजश्व २५ करोडसम्म पुगेको हो ।
डिभिजन वन कार्यालयले पुरानो सम्पूर्ण बेवारिसे काठ लिलामको काम गरेको छ । भण्डारण गरिएककै स्थानमा सड्न लागेका काठहरु लिलाम गरि राजश्व वृद्धिमा सहयोग भएको हो । वन कार्यालयमा प्रविधि मैत्रि कार्यालय निर्माण भएको छ । यस अवधिमा सव डिभिजन कार्यालयहरुको पूर्वाधार निर्माणमा सुधार हो ।
अतिक्रमण तथा चोरी निकासी नियन्त्रणमा नजिजामुलक बृद्धि भएको कार्यालयले जनाएको छ । सन्तोषजनक कर्मचारी व्यवस्थापनको कामले चोरी निकासी नियन्त्रणमा नतिजामुखि काम भएको हो । कार्यालयले यस अवधिमा विद्यालयस्तरमा वन कार्यालयको पहुच वृद्धि गरिनुका साथै निष्कृय सामुदायिक वनलाई सक्रिय बनाई समूहको क्षमता अभिबृद्धिका काम भएका छन् । सेवाग्राहिलाई छितो छरितो सेवा प्रवाह गर्दै माई नगरपालिकामा अतिक्रमण भई निर्माण भएको चेप्टि पार्क बन्द गरि वनको जग्गा डिभिजन वन कार्यालय मातहत समेत ल्याएको हो ।
स्थानीय तथा केन्द्रिय निकायसँग निरन्तर समन्वय र सहकार्य गरि वन कार्यालय प्रति जनताको सकारात्मक सोचको विकासमा काम भएको छ ।
यी कार्यक्रमले वनजंगलको संरक्षण, उपभोग र वन क्षेत्रमा जडिबुटी खेती बिस्तारले उपभोक्ताको आर्थिक आय वृद्धिमा सहयोग पुगेको छ । अझ इलाममा आम्दानी दिने मुख्य नगदेवाली अर्गेलीको खेती बिस्तारमा डिभिजन वन कार्यालयका कार्यक्रमले किसानको आर्थिक आय वृद्धि भएको हो । डिभिजन वन कार्यालय इलामबाट जडिबुटी विकास कार्यक्रम, प्रदेश हरित अभियान कार्यक्रम, प्रदेश वन विकास तथा व्यवस्थापन र वन्यजन्तु तथा वातावरण संरक्षण कार्यक्रम संचालन भएका छन् ।