Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा हिमपात शुरु (तस्बिरहरु)

सन्दकपुरमा हिमपात शुरु (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २१ २०८०


सन्दकपुरमा हिमपात शुरु (तस्बिरहरु)

सन्दकपुर । लामो समयपछि वर्षात भएसँगै इलामको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । चिसो बडे संगै इलामको अग्लो भुुुभाग ३६३६ मिटरको उचाईमा रहेको सन्दकपुर गाउँपालिकाको पर्यटकीय स्थलहरुमा जौबारी, कालपोखरी, सन्दकपुरमा बाक्लो हिउँ परेको हो । हिउँ परेसंगै त्यस स्थानहरुको जनजीवन प्रभावित बनेको छ ।
आफ्नो दैनिकी कामकाजमा असर परेपनी किसान भने आफ्नो खेतीबालीका लागि हिउँ परेपछि सहयोग मिल्नेभएपछि उत्साहित हुने गरेका छन् ।
साथै उक्त स्थानमा हिउँ खेल्नको लागि जानेको पर्यटकहरु जाने क्रम सुरू हुनेछ । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरमा वर्षात भएसँगै बिहिबार दिउँसोबाट हिमपात शुरु भएको पर्यटन व्यवसायी पसि सेर्पाले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार