Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

कृषिकर्ममा सन्दकपुर ३ का सुवेदी दाजुभाई (तस्बिरहरु)

कृषिकर्ममा सन्दकपुर ३ का सुवेदी दाजुभाई (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बिहिबार, साउन १८ २०८०


कृषिकर्ममा सन्दकपुर ३ का सुवेदी दाजुभाई (तस्बिरहरु)

सन्दकपुर ।  किबि फलको खेती, कुखुरा, बाख्रा र गाईपालसँगै डेरी प्रशोधन गरि मासिक १ लाख आम्दानी गरिरहेका छन् । नेपाली युवाले रोजगारका गन्तव्य बिदेश सम्झन्छन् । तर इलामको सन्दकपुर ३ का दुई दाजुभाईले गाउँमै बसेर मनग्ये आम्दानी गरिरहेका छन् । व्यवसायीक रुपमा कृषि र पशुपालनबाट कोमल र देवेन्द्र सुवेदीले मासिक १ लाखसम्म आम्दानी गरिरहेका छन् ।


सुवेदी परिवारले घरमा चार माउ उन्नत जातका गाई पालन गरेका छन् । गाईबाट दैनिक ४० लिटर बढी दूध आफ्नै डेरी प्रशोधनमा गर्दै आएका छन् । डेरी उद्योगमा गाउँका २५ परिवार किसानले दूध बिक्रि गर्दै आएका छन् । २५ लिटर दूध प्रशोधनबाट शुरु भएको डेरीमा अहिले २ सय लिटर प्रशोधन भई घिउ, छुर्पि उत्पादन हुँदै आएको कमल सुवेदीले बताए ।


सन्दकपुर गाउँपालिकामा कबि जोन संचालन भएकाले सुवेदी दाजुभाईले ५ रोपनी जग्गामा किवि खेती गरेका छन् । किवि बगानको वरिपरि बेरा लगाई १ सय बढी लोकल कुखुरा समेत पालन गरिएको छ । बारीमा डाले घाँस प्रशस्त भएकाले उनीहरुले खसिबोकाको पनि पालन गरेका छन् । दुवेदी परिवारले अर्गानीक चिया उत्पादन समेत गर्दै आएका छन् ।


चिया प्रशोधनका लागि मझौला उद्योग समेत संचालनमा रहेको छ । सुवेदी दाजुभाईको परिश्रम देखेर प्रदेश सरकारको कृषि ज्ञान केन्द्रले कृषि उपज भण्डारणका लागि ५ लाख रुपैयाँ अनुदान दिएको देवेन्द्र सुवेदीले बताए ।
कुखुरा, बाख्रा खरिदका लागि व्ययवसायी घरमै पुग्ने गरेकाले बजारको समस्या छैन । घरमा उत्पादन भएको घिउ नेपाली बजारमा र छुर्पि युरोप निर्यात हुने गरेको छ । किबि फलको उत्पादन पनि व्यवसायीले घरबाट बिक्रि हुने गरेको छ ।


युवाहरु वैदेसिक रोजगारीका लागि जाने क्रम बढ्दा सुवेदी दाजुभाईले इलामको ग्रामीण क्षेत्रमा रोजगारीका अवसरहरु खोजी गरेको कृषि र पशुपालन उदाहरणिय बनेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार