Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरको आहाल डाँडामा सुर्यास्त पर्यटन 

सन्दकपुरको आहाल डाँडामा सुर्यास्त पर्यटन 

  • सुजन तिमल्सिना
  • बिहिबार, पौस १७ २०८२


सन्दकपुरको आहाल डाँडामा सुर्यास्त पर्यटन 
सन्दकपुर (आहाल डाँडा) ।   सुर्योदय पर्यटनले प्रख्याती कमाएको इलाममा सुर्यास्त पर्यटनबाट पनि पर्यटन प्रवद्र्धन हुन थालेको छ । इलामको सन्दकपुर गाउँपालिका २ स्थित आहाल डाँडाबाट देखि सुर्यास्त हेर्ने आन्तरिक र बाह्य पर्यटकको संख्या बढेसँगै सुर्यास्त पर्यटनको प्रवद्र्धन हुन थालेको हो ।
३६ सय ३६ मिटरमा अवस्थित सन्दकपुर डाँडा नजिकै आहाल डाँडा छ । सन्दकपुुर गाउँपालिका २ मा अवस्थित आहाल डाँडाको छुट्टै पहिचान थिएन । नेपाल भारत सीमा क्षेत्रको आहाल डाँडा सन्दकपुर डाँडाको झै हिमश्रङ्खलाको दृश्यावलोकनका लागि प्रख्यात मानिन्थ्यो ।
तर अहिले आहाल डाँडाले सुर्यास्त पर्यटनबाट पहिचान स्थापित गरेको छ । सदकपुरबाट १३ सय मिटर टाढा रहेको आहाल डाँडाबाट देखिने सूर्यास्तको दृश्य हेर्न साँझ पर्यटकको घुइचो लाग्छ । नेपाल र भारतका विभिन्न सहरबाट सुर्यास्तको दृश्यमा रमाउन आहाल पुग्ने पर्यटकको संख्या बढ्दा आहाल डाँडाले ‘सुर्यास्त पर्यटन’ को पहिचान बनाएको सन्दकपुर वडा नम्बर २ का अध्यक्ष सनम राईले बताए ।
सुर्योदयको जिल्लाले परिचित इलामको अन्तुमा सुर्योदय पर्यटन फस्टाउँदा इलामकै शिरमा अवस्थित आहाल अहिले सुर्यास्त पर्यटनले प्रख्याति छ । सुर्यास्त पर्यटनले प्रचार हुँदा पर्यटकको संख्या आहालमा बढेको व्यवसायी नरबहादूर खपाङ्गी मगरले बताए ।
सन्दकपुर डाँडा चराको आँखाले झै हिमालको दृश्यावलोकन गर्न सकिने क्षेत्रले प्रख्यात छ । सन्दकपुर डाँडाबाट सगरमाथा सहित नेपाल, भारत, भुटान र चिनको तिब्बतका ६० बढी हिमश्रङ्खलाको दृश्यमा पर्यटक रमाउँछन् । सन्दकपुर पुग्ने पर्यटकहरु हिमालको दृश्यावलोकन गर्दै थोरै मात्रै आहाल पुग्ने गरेका थिए । तर अहिले आहाल डाँडाबाट देखिने सुर्यास्तको दृश्यले सन्दकपुर क्षेत्रमा भ्रमण गर्ने पर्यटक अनिवार्य पुग्छन् । यहाँ पुग्ने पर्यटक सुर्यास्तको दृश्यले औधि रमाउने गरेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।
३५ सय २६ मिटरमा अवस्थित आहालडाँडा सुर्यास्त हेर्दा बादलले बनेको घरको बार्दलीमा बसेर हेरे झै हुन्छ । बिहानको समयमा देखिएका सबै पहाड पर्वत वादलुले छोपेर सुर्यास्त हुने भएकाले पर्यटक लोभिएका हुन् । सुर्यास्त हेर्न आहालमा बास बस्न पर्यटकको तछाडमछाड नै हुन्छ । यहाँ बास बस्न नपाएर सन्दकपुर, कालपोखरी, चौरीचौक, बिखे क्षेत्रमा बास बसेका पर्यटक पनि आहाल पुगेर सुर्यास्त हेरी फर्किने गरेका छन् । जसले गर्दा यहाँका पर्यटन व्यवसायीले पर्यटकलाई सेवा गरि राम्रो आम्दानी लिन पाएका छन् । पर्यटकको संख्या बढेपछि सन्दकपुर गाउँपालिकाले फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको छ । गाउँपालिकाले फोहोरमैला व्यवस्थापनका लागि कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा डसबिनहरु प्रादन गरेको हो ।
थप तस्बिरहरु :  

प्रतिक्रिया
सम्बन्धित समाचार