सूर्योदय । कोशी प्रदेशको पर्यटकीय नगरी इलामको सुर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि एक अर्व २६ करोड २६ लाख ७९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अवसर पारेर तेहौँ नगरसभाबाट स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रमको अवसरमा साहित्यकार,पत्रकार,कृषक उद्यमी,जग्गादाता, कर्मचारी,उत्कृष्ठ विद्यालय, प्रधानाध्यापक, विद्यार्थी, उपभोक्ता समिति, टोल लगायतका क्षेत्रमा काम गरेका २६ जनालाई सम्मान गरिएको छ ।
सूर्योदय नगरपालिकाको नगरसभाको १३ औँ अधिवेशनबाट स्वीकृत आ.व.०८०÷८१को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिकीकरण हो । गरिएको ।
बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम विभिन्न विधामा सम्मानसँगै पुरस्कृत गरिएको छ । कार्यक्रममा उत्कृष्ट नागरिकप्रतिष्ठित नागरिक बरिष्ठ संगीतकार गणेश रसिक, उत्कृष्ट स्रष्टामा बरिष्ठ गायक कुबेर राई, उत्कृष्ट उद्यमीमा रमिला राई, उत्कृष्ट कृषक पुरुषतर्फ कृषक अरुण थापा सूर्योदय महिलातर्फ कृषक पुजा राईलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
नगरपालिकाबाट उत्कृष्ट उपभोक्ता समिति लुइँचेटार गोदक जोड्ने खोलाटारमा कल्भर्ट निर्माण उपभोक्ता समिति सूर्योदय १४, उत्कृष्ट टोल विकास संस्था सल्लेरी टोल विकास संस्थ सूर्योदय ४, उत्कृष्ट करदाता रुपादेवी गुरुङ्ग पुरस्कृत भएका छन् । कार्यक्रममा सामुदायिक विद्यालयको उत्कृष्ट आधारभुत रचना राई, गंगा महत, उत्कृष्ट विद्यालय गुठी तथा संस्थागत विद्यालयतर्फ नर्वदा कल्याण बोर्डिङ्ग स्कुल सम्मान तथा पुरस्कृत भएका छन् ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीमा सम्पदा ढकाल, सामना गड्तौता, पवन श्रेष्ठ उत्कृष्ट शिक्षकमा सुशिल पौडेल सचारकर्मी÷पत्रकारमा प्रेम अधिकारी पुरस्कृत भएका छन् । यसैगरि उत्कृष्ट कर्मचारी डा. सागर पन्थी, नविन राज पौडेल, गोविन्द चेम्जोङ, सरिता बुढाथोकी, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति पुरस्कृत भएका छन् ।
यसैगरि क्रियाशील जेष्ठ नागरिकमा क्याप्टेन आर.वि. लिम्बु, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका विमला तामाङ्ग, उत्कृष्ट खेलाडी रग्बीको राष्ट्रिय खेलाडी विशाखा राई, उत्कृष्ट सहकारी संस्था प्रगति बहुउद्देश्यीय सहकारी संस्था लि सम्मान तथा पुरस्कृत भएको छ । सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँत, इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सासंद महेश बस्नेत, संविधानसभा सदस्य टीकाराम लेप्चा, सूर्यवाला राई, लिलादेवि श्रेष्ठ, सकुन्तला लेप्चा, प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बु, समसेर राई र खगेश्वरी पौडेल अधिकारीको उपस्थिति रहेको थियो ।
यसैगरि जिल्ला समन्वय समिति प्रमुख जयप्रकास राई, इलाम नगरपालिका प्रमुख केदार थापा, जिल्ला समन्वय समिति उप–प्रमुख चित्रकला बराइली, नेपाल बायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको आतिथ्यता रहेको थियो ।