
इलामको पर्यटकीय पालिका सन्दकपुरमा चैत्र २४ गतेबाट प्रथम सन्दकपुर महोत्सब आयोजना गर्दैछ । पर्यटन मार्फत पालिकाको प्रर्वद्धन गर्ने उद्धेश्यले बैशाख १० गतेसम्म महोत्सव आयोजना हुने भएको हो । महोत्सवमा स्थानीय कृषि उत्पादन देखी साँस्कृतिक एवम् खेलकुदका कार्यक्रमहरु हुनेछन् । महोत्सवमा ११ किसिमका कार्यक्रम समावेश गरिएको छ ।
महोत्सव अवधिभर घुम्न चाहने पर्यटकलाई गाउँपालिकाका बिभिन्न पर्यटकीय स्थलमा पु¥याउन १० वटा लेण्डरोभर तयारी अवस्थामा राखिएको छ । बाहिरका पर्यटकहरु भित्र्याउन महोत्सव फलदायी बन्ने आयोजकले अपेक्षा लिएको छ । यसै सन्र्दभमा महोत्सव तयारीको बारेमा मुल आयोजक समितिका संयोजक जिवन शिवासंग प्रधान सम्पादक सुजन तिमसिनाले गरेको सन्देश सम्वाद :
सन्दकपुर महोत्सव तयारी कुन अवस्थामा पुगेको छ ?
अहिलेसम्म महोत्सवमा विभिन्न कार्यक्रमहरु तय गरेका छौ । सो कार्यक्रम अन्र्तगत सबै कुराहरु अघि बढाइरहेका छौ । खास गरी सन्दकपुर महोत्सवमा पत्रकार सम्मेलन गरेर अघि बढ्यौ । पत्रकार सम्मेलनमा सार्वजनिक गरेको कार्यक्रमहरु फुटबल प्रतियोगिता २४ गतेबाट हुनेछ । इलाम माइपोखरी म्याराथन बैशाख १ गते हुनेछ । त्यस्तैगरी साइक्लिङ प्रतियोगिता, ल्यान्डरोभर ट्राभल राखेका छौ ।
सन्दकपुरभरी पछाडी परेको पर्यटन क्षेत्रको उजागर गर्न भनेर हामीले २ गतेबाट ४ गतेसम्म राखेका छौ । सन्दकपुर डकुमेन्ट्री भनेर देखाउने कार्यक्रम राखेका छौ ६ गते । त्यस्तैगरी मनोरञ्जनको खेल भनेर ७ गते राखेका छौ । मनोरञ्जनको खेल भनेर विभिन्न शिर्षकहरुमा गाउँक्षेत्रमा रहने डोरी तान्ने, लिङ्गे पिङ, भाले झिक्ने लगायतका खेलहरु राख्नेछौ ।
त्यसमा सन्दकपुर गाउँपालिकामा छरिर रहेको पर्यटन क्षेत्रको फोटोसेसन कार्यक्रम पनि राख्ने छौ त्यो कार्यक्रम भरी रहनेछ । हाम्रो अन्तिममा ९ गते साहित्य प्रतियोगिता रहनेछ । यस क्षेत्रमा पछाडी परेका कला संस्कृतिलाई अघि ल्याउन साहित्यिक प्रतियोगिता राखेका छौ भने १० गते समापन हुनेछ । झाँकीहरु सहित विभिन्न राष्ट्रिय कलाकारहरु ल्याएर समापन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सव चाहि किन आयोजना गरियो सन्दकपुर गाउँपालिकामा । यसको फाइदा अथवा आयोजना गर्नुको उद्धेश्य के हो ?
पर्यटन क्षेत्र वास्तवमै नेपालको इलाम पर्यटकीय क्षेत्र रानीको रुपमा पर्यटकीय रानीको रुपमा चिनिन्छ । इलामको उत्तरमा रहेको सन्दकपुर विश्वले चिनेको क्षेत्र हो । माईपोखरी विश्व रामसार क्षेत्रमा सुचिकृत । माईपोखरीले यस क्षेत्रलाई धेरै परिचित गराएको छ ।
धेरै क्षेत्रहरु टोड्के झर्ना, सन्दकपुर, छिन्तापु, ढापपोखरी यस्ता पर्यटन क्षेत्र हुँदा हुँदै पनि प्रचारप्रसारको अभावले सबै आन्तरिक एवम बाह्रय पर्यटकहरुले थाहा पाउन नसकेको अवस्थामा यो विश्वबजारमा उजागर गर्नको निम्ती पर्यटन महोत्वस आयोजना गरेका छौ । महोत्सवले विश्वभरीले सन्दकपुर यस्तो छ भनेर उजागर गर्नेछौ । विभिन्न पत्रकारहरु आउनुहुन्छ र उहाँहरुले विश्वभर प्रचारपसार गरिदिनुहुन्छ भन्ने पनि आश राखेका छौ । त्यसका लागि महोत्सव आयोजना गरेका हौ ।
महोत्सव आयोजना गरिरहँदा यहाँ आउने पर्यटकको संख्या कति हुन्छ भनेर अनुमान गर्नुभएको छ ?
हामीले पर्यटकहरु वास्तवमा भन्ने हो २०७९ चैत्र २४ बाट खेलकुद महोत्सव सुरु हुन्छ । त्यहाँ देखि १ गतेसम्म खेलकुद महोत्सव हुन्छ । १ गते चाहि म्याराथन दौड इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा म्याराथन दौड हुँदैछ । दौड त्यस्तैगरी २ देखि ४ गतेसम्म ल्यान्डरोभर भ्रमण गर्दैछौ सन्दकपुरको ।
त्यसपछि औपचारिक स्टल उद्धघाटन हुन्छ ६ गते देखि १० गतेसम्म झाँकी यहाँको विभिन्न संस्कार संस्कृति, स्थानीय परिकारको प्रर्दशन गर्दा कम्तीमा १ लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य रहेको जानकारी गराउन चाहन्छु ।
यहाँ आउने पर्यटकहरुलाई कस्ता कस्ता परिकारले स्वागत गरिन्छ ?
हाम्रो विशेष गरेर होमस्टेहरु छ होटलहरु छ । होटलहरुले जस्तो गरेपनि होमस्टेहरुले वास्तवमै स्थानीय अर्गानिक खानेकुराहरु खुवाउने कोदोको रोटी, कोदोको ढेडो, मकैको ढेडो, फापरको ढेडो लगायत हामी आफ्नै बारीमा उत्पादन गरेको सागसब्जी, आफ्नै खोरमा पालेको लोकल कुखुराहरु उहाँहरुको स्वागतको लागि तयार गरिरहेका छौ ।
वास्तवमै हाम्रो होमस्टे भन्ने वितिकै पर्या पर्यटनसंग सम्बन्धित रहेको हुँदा वन वातावरणलाई जोगाएर गर्ने व्यवसाय भएको हुँदा यसको प्रर्वद्धनको आवश्यकता महसुस गरेर महोत्सव आयोजना गरेका छौ ।