Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पूर्वी पहाडको रामसार सुन्दर माइपोखरी (फोटो फिचर )

पूर्वी पहाडको रामसार सुन्दर माइपोखरी (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • सोमबार, भाद्र १३ २०७९


पूर्वी पहाडको रामसार सुन्दर माइपोखरी (फोटो फिचर )

सन्दकपूर । सन्दकपूर देशको संघीय राजधानी काठमाडौँबाट करिब ६ सय किलोमिरको दुरीमा पर्दछ । नेपालको राजधानी काठमाडौँबाट पूर्वी नेपालको झापासम्म हवाई र सवारीसाधन दुवैबाट यात्रा गर्न सकिन्छ । काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झापाको भद्रपूर विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ ।

काठमाडौँबाट झापाको चारआलीसम्म महेन्द्र राजमार्ग र चारआलीबाट मेचीराजमार्ग समाएर इलाम बजारसम्म सवारीसाधनको यात्रा गर्नुपर्ने हुन्छ । मेची राजमार्गको बिब्ल्याँटेबाट उत्तरतर्फ मोडिएर चाँपगैरी पुगेपछि सन्दकपुर गाउँपालिको यात्रा शुरु हुन्छ ।

सदरमुकाम इलाम बजारबाट सन्दकपूर गाउँपालिकाको माइपोखरी पुग्न १३ किलोमिटर यात्रा गर्नुपर्छ । माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरीएपछि विश्वव्यापी रुपमा पहिचान बनाएको छ । साक्षात देवीका रुपमा मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिन्छ ।


हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशी र नवरात्रिमा बिषेश पुजा र मेला लाग्ने प्रचलन रहेको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले ब । त्रिधार्मिकस्थल माइपोखरीको जल पिएमा प्रजनन् अंग सक्रिय हुने किम्बदन्ति रहेकाले यहाँ सन्तान प्राप्तिको भाकल गर्ने प्रचलन रहेको सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।


पुर्वी पहाडकै सास्कृतिक सभ्यताको प्रतिबिम्भ माईपोखरी आउने पर्यटकले स्थानीय परिकारको मिठो स्वादमा रमाउँदै सुविधासम्पन्न होमस्टेमा बास बस्न पाइन्छ । रामसार क्षेत्रको पर्यटन पूर्वाधार निर्माणका लागि स्थानीय तहको प्रथम कार्याकालमा गुरुयोजना निर्माण गरिएको सन्दकपूर गाउँपालिकाको पूर्व अध्यक्ष उदय राईले बताए ।

नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ, उभयचर ठकठके, रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको बासस्थान पनि रहेको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।


२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको बासस्थान हो ।

माइपोखरीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन अहिले पर्यटन पूर्वाधारसँगै पदमार्ग निर्माण गरि जोरपोखरी क्षेत्रमा डुङ्गा संचालन गरिदैँ आएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । पर्यटन प्रवद्र्धनका कामका लागि यहाँ पर्यटन पूर्वाधार निर्माणको काम प्रदेश र संघीय सरकारको सहयोगमा सन्दकपूर गाउँपालिकाले गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार