Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको सन्दकपूर-३ मा सामुहिक रुपमा हरितालिका तीज कार्यक्रम (फोटो फिचर )

इलामको सन्दकपूर-३ मा सामुहिक रुपमा हरितालिका तीज कार्यक्रम (फोटो फिचर )

  • लोकल सन्देश
  • शुक्रबार, भाद्र १० २०७९


इलामको सन्दकपूर-३ मा सामुहिक रुपमा हरितालिका तीज कार्यक्रम (फोटो फिचर )

सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिका वडा नम्बर ३ का महिलाहरुले हरितालिका तिज कार्यक्रम मनाएका छन् । सन्दकपूर-३ का महिलाहरुको संस्था हातेमालो महिला सञ्जालको आयोजनामा तिज बिषेश कार्यक्रमको आयोजना गरिएको हो ।

हातेमालो महिला सञ्जालकी अध्यक्ष ढाका देवी नेपाल सुवेदीको अध्यक्षता र गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतियोगात्मक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले नेपालका विभिन्न जातजातिले मनाउने सांस्कृतिक पर्वहरुले पर्यटन प्रवद्र्धनको काममा सहयोग पुग्ने भएकाले सबै जातजातिले आफ्नो धर्म र संस्कृति संरक्षणमा लाग्नुपर्ने बताए । उनले हरितालिका तिज कार्यक्रम सामुहिक रुपमा मनाउने कार्यक्रमले महिलाहरुको क्षमता अभिवृद्धिमा ठुलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, प्रमुख प्रशासकिय अधिकृत महेश राई, योजना शाखा प्रमुख टिका बस्नेत, गाउँपालिका पूर्व उपाध्यक्ष सोभा पराजुलीले हरितालिका तिज कार्यक्रमले महिलाको नेतृत्व विकासमा पनि सहयोग पुग्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार