Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विश्वभर रोजगारीका अवसर पाइने बिबिए कक्षा इलाममा संचालन

विश्वभर रोजगारीका अवसर पाइने बिबिए कक्षा इलाममा संचालन

  • सुजन तिमल्सिना
  • बिहिबार, साउन २६ २०७९


विश्वभर रोजगारीका अवसर पाइने बिबिए कक्षा  इलाममा संचालन

इलाम । पूर्वी नेपालको पहाडी जिल्ला इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा बिबिए शैक्षिक कार्यक्रम संचालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र रत्न बहुमुखि क्याम्पसले बिबिए शैक्षिक कार्यक्रम शुरु गरेको हो ।
विश्वस्तरमै माग हुँदै गएको बिबिए शैक्षिक कार्यक्रम इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा बिबिए कक्षा संचालन शुरु भएको छ । शैक्षिक क्षेत्रका सरोकारवलाहरुको चासो र मागपछि शैक्षिक सत्र २०७९÷८० बाट बिबिए शैक्षिक कार्यक्रम शुरु भएको हो ।


बिबिए अध्ययन गरेका विद्यार्थीको माग राष्ट्रिय तथा अन्तराट्रिय वजारमा माग बढ्दै गएपछि क्याम्पसले संचालनका अहिले भर्ना आवेदन पनि शुरु गरेको छ । इलाम क्याम्पसमा बिबिए शैक्षिक कार्यक्रम सञ्चालनको लागि त्रिभुवन विश्वविद्यालयले स्वीकृति प्रदान गरिसकेको क्याम्पस प्रमुख खगेन्द्र प्रसाद चापागाईले बताए ।
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले २ सेक्सनमा ६६ जना को कक्षा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको थियो । बिबिए कक्षा संचालनका स्वीकृति पाएपछि क्याम्पसले आवश्यक पूवार्धारहरुको तयारी समेत पुरा गरि सिम्याट परिक्षाको आवेदन खुलाइसकेको छ । बिबिए अध्ययन गर्न चाहाने विद्यार्थीले सिम्याट परिक्षा पास गर्नुपर्ने व्यवस्था छ । विश्वबजारमा माग बढी रहेको र इलाम क्याम्पस शैक्षिक थलो भएकाले बिबिए कक्षा संचालन गरिएको साहयक क्याम्पस प्रमुख पोष्टराज लामिछानेले बताए ।

कक्षा ११ र १२ मा जुनसुकै विषयमा CGPA १.८ वा त्यस भन्दा वढी प्राप्ताङ्क प्राप्त गर्ने इच्छुक विद्यार्थीहरुले व्यवस्थापन डीन कार्यालयबाट लिइने CMAT परीक्षामा सामेल हुन पाउने छन् । वि.स.२०१७ असार २१ गते विधिवत रुपमा महेन्द्ररत्न महाविद्यालय स्थापना भई प्रवीणता प्रमाणपत्र तहको पठन–पाठन सुरुवात भएको थियो । पूर्वी पहाडी भेगको उच्च शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्यका साथ बिबिए शैक्षिक कार्यक्रम संचालन गरिएको हो । । यस क्याम्पसमा अहिले पाँच वटा विषयमा स्नातकोत्तर तह तथा मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र वि.एस्सी वागवानी संकाय अन्तरगत स्नातक तहको पठनपाठन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार