Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

हिमपातपछिको सुन्दर इलामको सन्दकपूर (फोटो फिचर )

हिमपातपछिको सुन्दर इलामको सन्दकपूर (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • बुधबार, पौस १४ २०७८


हिमपातपछिको सुन्दर इलामको सन्दकपूर (फोटो फिचर )

इलाम । इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो ।

सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ ।

हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँमा खेल्न गएका छन् । हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । सदरमुकामलगायतका ठाउँमा पनि चिसो बढेको छ ।

हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपूर २ का समुन राईले बताए । हिउँ परेपछि हिउँमा खेल्न पर्यटकहरुको आकर्षण बढेको छ ।

पर्यटकीयस्थल बिखेभञ्ज्याङ्ग, कालपोखरी, छिन्टापू, टप्पु, माबुथाम, दोबाटे, गैरिबास, गोरुवाले क्षेत्रमा पनि बाक्लो हिमपात भएको सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

हेर्नूहोस् थप तस्बिरहरु :

प्रतिक्रिया
सम्बन्धित समाचार