Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

एकीकृत अखिल नेपाल शिक्षक संगठन इलाम नगर अध्यक्षमा डिल्लि खत्रि

एकीकृत अखिल नेपाल शिक्षक संगठन इलाम नगर अध्यक्षमा डिल्लि खत्रि

  • लोकल सन्देश
  • मंगलबार, कार्तिक १६ २०७८


एकीकृत अखिल नेपाल शिक्षक संगठन इलाम नगर अध्यक्षमा  डिल्लि खत्रि

इलाम । एकीकृत अखिल नेपाल शिक्षक संगठन इलाम नगरको प्रथम नगर परिषदबाट डिल्लि खत्रि अध्यक्ष चयन भएका छन् । परिषद्को उपाध्यक्षमा गंगादेवि अधिकारी
र मादप निरौला चयन भएका छन् । भेलाबाट सचिवमा उमेश राई, कोषाध्यक्षमा अम्बिका बस्नेत चयन भएका छन् । नगर परिषद् भेलाले सदस्यमा टंक रसाइली, गोविन्द भण्डारी, बिष्णु कुमारी मगर, लक्ष्मी आचार्य सहित २१ सदस्य समिति गठन भएको हो । भेलामा नेकपा माओवादी केन्द्रकी इलाम सह इञ्चार्ज टिका घिमिरेको प्रमुख आथित्यता, नगर अध्यक्ष प्रभास सर्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश एक सदस्य उमाकान्त भट्टराई, इलामका अध्यक्ष राजेन्द्र चौहान, माओवादी केन्द्र इलाम जिल्ला समन्वय समिति कार्यालय सचिव प्रकाश परियार लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार