सन्दकपूर । इलामको सन्दकपूर २ मा अवस्थित भप्पर झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । झरना पुग्ने कच्चि सडक जोडिएसँगै पर्यटकको आकर्षण भएको हो ।
झापाको केचनादेखि कंचनजञ्घा जोड्ने केचना कंचनजंघा सडक झरना छेउबाटै निर्माण भएपछि पर्यटकीय आकर्षण बढेको सन्दकपूर २ का सुमन राईले बताए । झरनाको उचाई अहिलेसम्म यकिन भएको छैन । धप्पर झरनामा अहिले इलाम भित्रका पर्यटक पुग्ने गरेका छन् ।
धरना पुग्ने सडकको स्तरउन्नती र प्रचारप्रसारको काम भए धप्पर झरनाबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र स्थानीयको आयस्तरमा वृद्धि हुने सन्दकपूर २ का अध्यक्ष गिरिराज खनालले बताए ।
https://www.facebook.com/Localsandesh/videos/564371908251814/