Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूरको पर्यटकीय गाउँ माबुथाममा भ्यूटावर निर्माण

सन्दकपूरको पर्यटकीय गाउँ माबुथाममा भ्यूटावर निर्माण

  • सुजन तिमल्सिना
  • बुधबार, साउन २० २०७८


सन्दकपूरको पर्यटकीय गाउँ माबुथाममा भ्यूटावर निर्माण

इलाम । लेकाली जिवनशैली र प्राकृतिक सुन्दरतामा रमाउन सकिने इलामको सन्दकपूर माबुथाम क्षेत्रमा भ्यू टावर निर्माणले पर्यटन प्रवद्र्धनका काम थालिएका छन् । हिमाली दृश्य, इलाम र झापाका समथर भु–भागको दृश्यावलोकन गर्न सकिने माबुथाम क्षेत्रमा ५५ फिट अग्लो भ्यू टावर निर्माण क्रमागत रुपमा हुँदै आएको हो ।
सन्दकपूर ४ को माबुथाम क्षेत्र लोपउन्मुख चराचुरुङ्गी, वन्यजन्तु र लेकाली जीवनशैलीमा रमाउन सकिने क्षेत्र हो । प्राकृतिक टावर झै रहेको माबुथाम क्षेत्र पुग्ने जो कोहिले सिंगै इलाम जिल्लाको दृश्यमा रमाउन सक्छन् ।
माबुथाममा स्थानीय जनप्रतिनिधिको संक्रियतामा कृतिम टावर थपिएपछि इलामसँगै नेपालका तराईका जिल्लाको दृश्यावलोकन गरि रमाउने पर्यटकको संख्या बढेको छ ।
प्राकृतिक टावर झै अग्लो डाँडोमा कृतिम टावर निर्माणको काम सन्दकपूर गाउँपालिका वडा नम्बर ४ ले २०७४ सालबाट शुरु गरेको थियो । भ्यू टावर निर्माण भएपछि पर्यटनको माध्यमबाट आर्थिक उन्नती हुने प्रशस्त आधार भएपनि सिमित बजेटले गर्दा क्रमागत रुपमा निर्माणको काम हुँदै आएको वडाध्यक्ष वर्तमान गुरुङ्गले बताए ।
५ तला अग्लो भ्यू टावर निर्माण सम्पन्न भइनसकेपनि अहिले निर्माणाधिन टावरमाथि चढेर रमाउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीय पर्यटनकर्मी सिद्धि गुरुङ्गले बताए ।
समुन्द्र सतहबाट २ हजार आठ सय मिटर उचाईमा रहेको माबुथाम क्षेत्रबाट नेपाल र भारतका हिमश्रङ्खलाहरुको दृश्यमा पनि रमाउन सकिन्छ । सन्दकपूर गाउँपालिका वडा नम्बर ४ ले ५५ फिट अग्लो भ्यु टावर निर्माणको सुरुवातले ग्रामीण पर्यटन प्रवद्र्धन भई आयआर्जमा सहयोग पुग्ने स्थानीयको विश्वास छ ।
१२ रोपनी क्षेत्रफलमा फैलिएको माबुथाम क्षेत्रको भ्यू टावर निर्माणमा हालसम्म २५ लाख खर्च भइसकेको छ । टावर वरिपरि पार्क सडकबाट टावर क्षेत्रसम्म पुग्ने पदमार्ग निर्माणसँगै बाँकी काम सक्न ५० लाख खर्च हुने निर्माण समितिले जनाएको छ ।
निर्माणाधिन भ्यू टावर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले बताए । गाउँपालिकाबाट पनि बजेट थप गरि भ्यू टावर निर्माण सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार