Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

आजको सन्दर्भमा मेरो बिचार

आजको सन्दर्भमा मेरो बिचार

  • तिर्थ सिग्देल
  • सोमबार, जेष्ठ २४ २०७८


आजको सन्दर्भमा मेरो बिचार

१) म सामान्यतयाः एमालेको विवादमा कमै लेख्छु किनभने हरेक कार्यकर्ताले पार्टीका बारेमा र नेताहरुका बारेमा कमेन्ट गर्दा बिशेष ध्यान दिनुपर्छ भन्ने मान्यता राख्छु किनभने ती नेताहरुले गरेको मेहनत र त्यागको परिणाम नै हामीले पाएको उपलब्धि हो भन्ने मलाई लाग्छ ।

२) ०५० सालदेखि पत्रकारिता र किताब लेखनको क्षेत्रमा छु । आजसम्म खासै उल्लेख्य पद र प्रतिष्ठाका लागि मरिमेटेको छैन । समयले दिएका जिम्मेवारी निष्ठापूर्वक पुरा गरिरहेको छु । अर्थात्, मागेको पद पाएको छैन । तैपनि किन हो ? उनीहरु विष बमन गर्छन् ? प्रेस चौतारीको किर्तीपुर महाधिबेशनदेखि केन्द्रिय सदस्य छु । तरपनि उनीहरु यो तथ्य स्वीकादैनन् । के यो उनीहरुको मात्र संगठन हो ?

३) ०५१ सालदेखि पार्टी सदस्य छु । आजसम्म लेबी तिरिरहेकै छु । २७ वर्ष भएछ पार्टी सदस्यता लिएको । म भन्दा पछि आएकाहरुले चाकडी बजाएर कतिथोकका पद पाइसके । तैपनि केही भनेको छैन । उही पत्रकारिताको पाठशालामा छु ।

४) नेकपा एमाले मेरो पनि पार्टी हो । मजस्ता धेरैको लगानी यसमा परेको छ । यो पार्टी र संगठन कुनै एउटा ब्यक्तिको हुकुम प्रमांगीबाट चल्नुहुन्न र यसरी चलाउन दिनु पनि हुन्न । केपी ओली मेरो पार्टीको अध्यक्ष हो । माधब नेपाल पनि नेता हो । तर, केही स्वनामजन्य बुज्रुकहरुलाई यस्तो लाग्छ कि ओली मात्र संसारका उत्कृष्ट नेता हुन् । अरु सबै घाँस पराल हुन् ।

५) कम्युनिष्ट पार्टीमा आलोचना र आत्माआलोचना भन्ने शब्दावलीको बिशेष अर्थ हुन्छ । तर, आजकल यो शब्दको अनर्थ लगाउन थालिएको छ । कसैले आलोचना गर्यो भने त्यो सक्कियो । जसरी धेरै साथीहरु प्रतिगमन शब्दको शिकार बने । आजपनि त्यही डण्डा चलाइन्छ र भनिन्छ, हामी मात्र असली पार्टी कार्यकर्ता हौं । यो सोच नै गलत हो । अरुको अस्तित्व स्विकार्न सकिन्न भने सम्झनोस् तपाईको अस्तित्व पनि स्विकार हुन्न ।

६) ओलीले गरेको प्रतिनिधिसभाको बिगठन प्रतिगामी कदम नै हो । त्यही भएर अदालतले त्यसलाई उल्टायो । कुरो क्लियर छ । फेरि किन उही रटान लगाइदैछ कि त्यो कदम सही नै थियो भनेर । त्यस कदमले आम कार्यकर्तालाई पारेको असर र प्रभावबारे कोही किन बोल्दैन । त्यस कदम यता बिभिन्न संघ संस्थाका निर्वाचनहरुमा भएका पराजयको जिम्मा कसले लिन्छ ? पार्टी र संगठन भनेको सुरक्षा कवच हुन् तर यहाँ त त्यसलाई दुईधारे तरवार बनाइयो ।

७) अदालतले फागुन २३ मा नेकपा एमालेमा फर्काइदिएपछि आजसम्म आइपुग्दाका जेजति विवाद र बहस भइरहेका छन्, ति सबै कुराको चुरोमा नपुगी गरिएका बसह मात्र हुन । खासमा सग्लो एकता चाहने हो भने कुनै शर्त र बन्देज नराखे हुने हो । मुलत: अदालतले जेठ २ मा फर्कनु भनिसकेपछि सक्कियो, त्यहीँ गए भैगयो नी । कानुनी शासनको दुहाई दिने अनी अदालतको फैसला नमान्ने ? यो कस्तो प्रणालीको अभ्यास गरिरहेका छौं हामी ? ०७५ जेठ २ मा फर्किन अदालतको फैसला नै काफी छ । त्यसमा विवाद नगरौं । स्वतः त्यहाँ पुगौं ।

८) पार्टीका केही नेताको फेर समातेर उप नेताजस्तो बनेका मानिसहरु मानौं माक्र्सबादका भास्यकार बनेका छन् । मन्त्री र उनका पिए बनेकाहरु आजिवन त्यो पदका भोगी बनेका छन् । ठेक्कापट्टा र कमीसनका लागि दौडधुप गर्नेहरुले गरेको जयजयकार सबै अस्थायी हुन् । उनीहरु डुब्न लागको जहाजका मुसाजस्ता मात्र हुन् ।

९) रगत त सबैको हुन्छ, त्यो तात्छ पनि । सबैलाई लेख्न आउँछ । लेखौ, बहसका लागि लेखौं । ताकि आफूले लेखेको कुराले कुराको चुरो समातोस् । नलेखौं, जथाभाबी । जसरी कुराको चुरोमा नपुगी उनीहरु लेख्छन् । भ्रम छर्छन् र नुनको सोझो गर्छन् ।

१०) आजको एमाले मुलतः पार्टी एउटै छ । एउटै पार्टीभित्र बहस र छलफल हुन्छ । एउटै पार्टीभित्र एकता आवश्यक हुँदैन । तर यहाँ एकताको रटान लगाइदैछ । एकता होइन, संवाद र सहमति चाहिएको छ । बरु भावनात्मकरुपमा नेताहरु बिच एकताको जरुरी छ ।

सिग्देलकाे फेसबुकबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार