बौद्यधाम । । कन्याम, अन्तु लगायत थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिकामा बुद्धपार्क नयाँ पर्यटकीय गन्तव्य बनेको छ । सूर्योदय नगरपालिका ३ को वौद्यधाममा ६५ फिट अग्लो वुद्धको प्रतिमा निर्माणको अन्तिम चरणमा पुगेपछि पर्यटकीय गन्तव्यको विकास भएको हो ।
वुद्धपार्क पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको अन्तु, कन्याम पछिको अधिक पर्यटक पुग्ने नयाँ गन्तव्यको विकास हुने भएको हो । सीमा क्षेत्र पशुपतिनगरबाट छोटो दुरीमा आइपुग्ने बुद्धपार्क निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ ।

भारतीय पर्यटकीय सहर दार्जिलिङ आउने पर्यटकको पहिलो गन्तव्य नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्यधाममा अहिले भारतीय पर्यटक पनि सजिलै आइपुग्छन् । बुद्धपार्क निर्माणको थालनी तत्कालिन मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२÷०७३ मा भएको थियो । त्रमागत रुपमा संचालन हुँदै आएको आयोजना देश संघीय संरचनामा गएपछि प्रदेश नम्बर एक सरकार र सूर्योदय नगरपालिकाको सह लगानीमा निर्माणको काम हुँदै आएको छ ।

पार्क निर्माणको कामलाई निरन्तरता दिन प्रदेश सासंद खिनु लङ्वा लिम्बुले प्रदेश एक सरकारबाट क्रमागत रुपमा बजेट विनियोजन गरेकी थिइन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ बाट बजेट बिनियोजन गर्दै आएको छ । सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरि पार्क निर्माण गर्दै आएको नगर प्रमुख रणबहादूर राईले बतााए । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ सम्म बजेट विनियोजन गरेको थियो ।

बुद्ध पार्क निर्माणमा प्रदेश सरकारको दुई आर्थिक वर्षमा २ करोड रुपैयाँ खर्च भएको छ । १७ रोपनी क्षेफलमा निर्माण हुँदै गरेको पार्कमा वुद्धको प्रतिमा निर्माण गरि सकिएको र घेराबारा, साधाना केन्द्र, सौन्दर्यीकरण गर्ने काम बाँकी रहेको वडाध्यक्ष होम कार्कीले बताए । ८ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने योजना रहेको वुद्धपार्कमा प्रदेश १ सरकार, मेची पहाडी पर्यटन र सूर्योदय नगरपालिका गरि ४ करोड रुपैयाँ खर्च भइसकेको छ ।
हेर्नुहोस् थप फोटा :
