कन्याम । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा सडक विस्तार पछि सुन्दरता थपिएको छ । मानिस हिड्ने र घोडासवारका लागी छुट्टै फुटपात सहित सडकको चौडा गरिएपछि कन्यामको सन्दरता थपिएको हो । पर्यटकको चाप हुने इलामको रोङ गाउँपालिकाको कुटिडाँडादेखि सूर्योदय नगरपालिकाको फिक्कल बजारसम्म सडक डिभिजन इलामबाट सडक विस्तारको काम भएको थियो ।

सो क्षेत्रमा फुटपात निर्माण गरिनुका साथै सडक डबल लेनमा विस्तार गरिएको छ । सडक विस्तारको काम कन्याम क्षेत्रमा सम्पन्न भएको छ । सडक विस्तार गरिएपछि पर्यटक बोकेका सवारीसाधनका कारण हुँदै आएको ट्राफिक जाम हटेको छ । कन्याम क्षेत्रको सडक विस्तारको काम सकिएको सडक डिभिजन इलामका प्रमुख अविमान मुल्मीले बताए ।
हेर्नुहोस् तस्बिर

