Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय नगरीको केन्द्र फिक्कल बजार, पर्यटकको कोशेली खरिदको बजार

पर्यटकीय नगरीको केन्द्र फिक्कल बजार, पर्यटकको कोशेली खरिदको बजार

  • सुजन तिमल्सिना
  • आइतबार, चैत्र २९ २०७७


पर्यटकीय नगरीको केन्द्र फिक्कल बजार, पर्यटकको कोशेली खरिदको बजार

फिक्कल । पर्यटकीय नगरिमा घोषणा भएको इलामको सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजार पर्यटकको कोशेली खरिद गर्ने बजार बनेको छ । कन्याम, अन्तु, ताप्लेजुङ्गको पाथिभरा भ्रमण गरि पर्कने पर्यटकले फिक्कललाई कोशेली किन्ने बजारको रुपमा छनौट गरेका छन् । पर्यटकहरुले इलाममा उत्पादन हुने सामग्री खरिद गर्ने क्रम बढेपछि कोशेली घरहरु पनि खुल्ने क्रम बढेको छ । रोहित सापकोटाले फिक्कलमा घिउ छुर्पी व्यापार गरेको १५ वर्ष भयो । मार्केटिङ्गको रोजगारी छोडेर फिक्कल आइपुगेका सापकोटाले छुर्पी व्यापार शुरु गरे । सापकोटाको कोशेली घरमा इलाम भ्रमणमा आउने आन्तरिक पर्यटकको हरेक दिन भिड लाग्छ । पर्यटकले इलामको कोशेलीको रुपमा छुर्पी, घ्यू, ललिपप, चिया खरिद गर्छन् ।


१५ वर्ष अघि ४ सय रुपैयाँ भाडामा घुम्ति लिएर व्यापार शुरु गरेका सापाकोटाको पसलको भाडा १० हजार पुगेको छ । पर्यटकीय सिजनमा दिनमा उनी २० हजार रुपैयाँसम्मको बिक्रि गर्छन् ।
इलामको ग्रामीण बस्ति नामसालिङबाट ३० वर्ष अघि फिक्कल निस्किएका कृष्णप्रसाद रिजालको कोशेली घरमा पनि पर्यटकको भिड उस्तै हुन्छ । पान पसलबाट व्यपार शुरु गरेका रिजालको पसलमा घ्यू, ललिपप, चिया, अकबरे खोर्सानी बिक्रि हुन्छ ।


सापकोटा र रिजाल मात्रै हैन इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा कोशेली घर संचालन गरि आम्दानी गर्नेको संख्या बढ्दै गएको हो । कन्याम, अन्तु, इलाम बजार, ताप्लेजुको पाथिभरा भ्रमण गरि फर्किने पर्यटकको कोशिली खरिद गर्ने थलो बनेको छ, फिक्कल । दार्जिलिङ्ग भ्रमणमा जाने पर्यटकले पनि फर्किदा फिक्कलबाट कोशेली खरिद गर्छन् ।
फिक्कलमा शुरुमा एक दुई वटा मात्रै कोशेली घर भएपनि पर्यटक आवागमन बढेसँगै अहिले २० बढी संख्या पुगेको छ । कोशेली घरमा इलाममा उत्पादन हुने, चिया, छुर्पी, ललिपप, चिज, पनिर, अकबरे खोर्सानी र टिंम्बुरको अचार खरिद बिक्रि हुन्छ ।


सानो पुँजीमा खोलिएका कोसेली घरमा इलाममा उत्पादन हुने सामग्रीको राम्रोसँग बजार पाउनुका साथै रोजगारीका अवसर पनि बढेका छन् । कोशेली घरमा इलाममा उत्पादन हुने सामग्री खरिद बिक्रि हुने भएकाले ग्रामीण क्षेत्रमा संचालित चिया र दूग्ध पदार्थ उद्योगहरुमा उत्पादित सामग्रीको आन्तरिक बजार विस्तार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार