Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाबाट एक करोडको लागतमा अन्तुडाँडाको सौन्दर्यीकरण (फोटो फिचर)

सूर्योदय नगरपालिकाबाट एक करोडको लागतमा अन्तुडाँडाको सौन्दर्यीकरण (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • मंगलबार, फाल्गुन २५ २०७७


सूर्योदय नगरपालिकाबाट एक करोडको लागतमा अन्तुडाँडाको सौन्दर्यीकरण (फोटो फिचर)

अन्तु । आन्तरिक पर्यटकको भिड लाग्न थालेपछि इलामको पर्यटकीयस्थल अन्तुमा सौन्दर्यीकरणको काम सम्पन्न भएको छ । सरकारले ग्रामिण पर्यटन र घुम्नैपर्ने पर्यटकीयस्थलको रुपमा अन्तु घोषणा गरेपछि पूर्वाधार निर्माणको कामलाई तिब्रता दिन सुर्योदय नगरपालिकाले अन्तुडाँडामा सौन्दर्यीकरणको काम सम्पन्न गरेको हो । आन्तरिक पर्यटकको आकर्षणको केन्द्र रहेको इलामको अन्तुमा नगरपालिकाको एक करोडको लागतमा काम सम्पन्न भएको हो ।

नेपालसँगै भारतको दार्जिलिङ र सिक्किमबाट पर्यटक आउने क्रम बढेपछि तीनै तहका सरकारले पर्यटन पूर्वाधार निर्माणको कामलाई तिब्रता दिएको सुर्योदय नगरपालिका प्रमुख रणबहादूर राईले बताए । सूर्योदयको दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य घोषित अन्तुमा प्रदेश एक सरकारको सहयोगमा टावर निर्माण भएको छ । सूर्योदय नगरपालिका ४ र ५ मा अवस्थित अन्तु पर्यटन क्षेत्रको अन्तुडाँडा क्षेत्रमा नगरपालिकाबाट पदमार्ग र टावर वरीपरि फुटरेल निर्माण गरिएको छ ।

नगरपालिकाले अन्तु पोखरी वरीपरि पनि पदमार्ग निर्माढा गरेको छ । पर्यटकको संख्या बढेसँगै पूर्वाधार निर्माणका काम भएपछि आन्तरिक पर्यटनबाट रोजगारीका अवसरसँगै अर्थतन्त्रको विकासमा सहयोग पुगेको अन्तु पर्यटन प्रवद्र्धन केन्द्रका धनकुमार आलेले बताए । संघीय सरकारले अन्तुलाई घुम्नैपर्ने पर्यटकीय क्षेत्रमा घोषणा गरेपछि पर्यटन पार्क, पदमार्ग, बसपार्क लगायतका संरचना बनाउन योजना संझौता गरेको छ । संघीय सरकार र सूर्योदय नगरपालिकाको लगानीमा चालु आर्थिक वर्षमा डेढ करोड बजेटबाट यी योजना सम्पन्न हुनेछन् ।


सूर्योदय, सूर्यास्त , हिमशृङ्खला तथा नेपाल भारतका सहरहरु आँखैअघि नियाल्न सकिने अन्तुमा  पाचीन लेप्चा जातिको लोपोन्मुख संकृतिको अवलोकन गर्न सकिन्छ । अन्तुडाँडासँगै अन्तु पोखरीमा डुंगा सयर गर्दै हरियाली चिया बगानमा मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक हर्षित हुने गरेका छन् ।


अन्तुलाई नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सुचीमा राखेपछि पर्यटक आउने क्रम बढेको हो । अहिले झापा, इलाम, मोरङ, सुनसरी लगायत भारतको दार्जिलिङ र सिक्किमबाट पर्यटक अन्तु पुग्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार