Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा ४० किलोमिटर पदमार्ग धमाधम

प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा ४० किलोमिटर पदमार्ग धमाधम

  • युवराज पिसि
  • बुधबार, फाल्गुन १२ २०७७


प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा ४० किलोमिटर पदमार्ग धमाधम

सन्दकपुर । इलामको पर्यटकीयस्थल माइपोखरीदेखि सन्दकपुर पुग्ने ४० किलोमिटर लामो पर्यटन पदमार्ग निर्माण शुरु भएको छ । नेपाल सरकारले एक प्रदेश एक साँस्कृतिक ग्राममा घोषणा भएको सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलको फन्को मार्न सकिने गरि पदमार्ग निर्माण गरिएको हो ।


हिमाली दृश्य, लेकाली जनजिवन र प्राकृतिक सुन्दरताको अध्ययनका लागि इलामको सन्दकपुरमा पदमार्ग निर्माण थालिएको छ । रामसार क्षेत्रमा घोषित घुम्नैपर्ने पर्यटकीय क्षेत्र माईपोखरीदेखि प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर हुँदै ढापपोखरी जोड्ने पदमार्ग निर्माण भइरहेको सन्दकपुर पाउँपालिका अध्यक्ष उदय राईले बताए ।
नेपाल सरकारले एक प्रदेश एक साँस्कृतिक ग्राममा घोषणा भएको सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलको फन्को मार्न सकिने गरि पदमार्ग निर्माण हुदै आएको छ । पदमार्गसँगै पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको काम गत आर्थिक वर्षबाट शुरु भएको साइड इञ्चार्ज सुमन आलेले बताए ।


पर्यटन विभागले सन्दकपुर १ को माइपोखरी र ५ को ढापपोखरीबाट पदमार्ग निर्माण गर्दै आएको छ । ४० किलोमिटर लामो पदमार्गको बिच बिचमा पक्कि शौचालय सहितको पर्यटक बस्ने आवाश गृह पनि निर्माण हुँदै आएका छन् । पदमार्ग हुँदै इलामको चुचुरो रहेको पर्यटकीय क्षेत्र सन्दकपुर, छिन्टाप्पु, हाँगेथाम लगायतका पर्यटकीयस्थल पुग्न सकिनेछ । पदमार्ग यात्रका क्रममा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, काँडेभ्याकुर, गिद्ध, हिमाली फुलहरु, जडिबुटी, चराहरु र दर्जनौ हिमश्रङखलाको अध्ययन गर्न सकिनेछ ।


५ वर्षमा निर्माण सम्पन्न हुने ४० किलोमिटर पदमार्गको गत आर्थिक वर्षमा १० किलोमिटर र चालु आर्थिक वर्षमा १० किलोमिटर निर्माण भइरहेको छ । पदमार्ग निर्माणका लागि गत वर्ष २ करोड ४० लाख र चालु आर्थिक वर्षमा २ करोड ८७ लाख खर्च हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार