Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अन्तुबाट देखिने लोभलाग्दो सुर्योदयको दृश्य (फोटो फिचर )

अन्तुबाट देखिने लोभलाग्दो सुर्योदयको दृश्य (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • शुक्रबार, माघ ३० २०७७


अन्तुबाट देखिने लोभलाग्दो सुर्योदयको दृश्य (फोटो फिचर )

अन्तु । सर्योदय दृश्यावलोकनका लागि नेपालकै उत्कृष्ट मानिएको पूर्वी इलामको अन्तु हो । मौसममा सुधार आएपछि आन्तकि बाह्य पर्यटक आउने क्रम बढेको छ, अन्तुमा । सूर्योदय, सूर्यास्त , हिमशृङ्खला तथा नेपाल भारतका आँखैअघि नियाल्न सकिने अन्तु क्षेत्र पाचीन लेप्चा जातिको लोपोन्मुख संकृतिको धनी छ । कृषिबाट सुधाएिको जीवनशैली, व्यावसायिक फुलखेती, थुम्काथुम्कामा मौलाएको हयिाली चियाबगानको ‘गीन कार्पेट’ लगायतले पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
अन्तु पोखरीमा डुंगा सयर गर्दै मनोम दृश्य नियाल्न पाउँदा पर्यटक हर्षित हुने गरेका छन् । ’चियाबगान सल्लाघारीबीचको पोखीमा डुंगा सयरको आनन्दमा रमाउन सकिन्छ ।
यहाँको जातीय झाँकी, पुरातात्विक वतुको संग्राहालय पुष्प कृषि पदर्शनीले पनि पर्यटकलाई आनन्दित बनाएको छ । अन्तु पर्यटन विकास केन्द्रले पर्यटकको बसाइ घुमाइको लागि प्रबन्ध मिलाएको छ । गोर्खाको सिरुबारी लमजुङको घलेगाउँपछि अन्तुलाई नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सचीमा राखेपछि पर्यटक आउने क्रम बढेको हो । यतिबेला झापा, इलाम, मोरङ लगायत भारतको विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार