Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बिरामीको मृत्यु भएको छैनः अस्पताल, मन्त्रीकै सूचना गलत

बिरामीको मृत्यु भएको छैनः अस्पताल, मन्त्रीकै सूचना गलत

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ७ २०७७


बिरामीको मृत्यु भएको छैनः अस्पताल, मन्त्रीकै सूचना गलत

बुटबल । रुपन्देहीस्थित मणिग्राममा रहेको क्रिमसन अस्पतालमा रहेका कोरोना पोजेटिभ बिरामीको उपचार जारी रहेको अस्पतालले जनाएको छ। एकाध सञ्चारमाध्यममा मृत्युको खबर आएपनि त्यो सत्य नभएको अस्पतालले विज्ञप्ति जारी गर्दै बताएको हो। ‘केही सामाजिक सञ्जाल तथा मिडियाहरुमा बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरंजीत समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमूदायमा अनावश्यक त्रासको वातावरण सृजना भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
अस्पतालका अनुसार गुल्मी मदानेका ती संक्रमित अहिले भेन्टिलेटरमा उपचाररत रहेका छन्। उनको फोक्सोमा समस्या रहेकाले कृतिम श्वासप्रश्वास दिइएको छ। ‘बिरामीको अस्पतालमा आइसीयु कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको छ,’ विज्ञप्तीमा लेखिएको छ। बिरामी जेठ १ गते अस्पतालमा उपचारका लागि आएका थिए। कोरोना पोजेटिभ नजिता आउदा उनी आइसियुमै रहेका थिए। पोजेटिभ नतिजा आउँदा जस्तो अवस्था थियो, त्यस्तै रहेको अस्पताले जनाएको छ। मन्त्रीकै गलत सूचना प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नै उपचाररत बिरामीको मृत्यु भएको भनी गलत सूचना दिएका छन्। त्यही सूचनाका आधारमा केही सञ्चार माध्यममा कोरोना पोजेटिभका तेस्रो बिरामीको मृत्यु भन्ने समाचार प्रकाशित भएको थियो।
मन्त्री बरालले हचुवाका भरमा गलत सूचना दिएको अस्पतालको दाबी छ। सामाजिक विकास मन्त्रालय मातहतका कुनै पनि निकायले बिरामीको मृत्यु भएको पुष्टी गरेका छैनन्। स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले मृत्यु नभएको बताए। ‘हामीलाई सूचना आएको छैन, बुझ्ने प्रयासमा छौं,’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार