Local Sandesh मंगलबार, असोज ६ २०८३
  • ट्रेण्डिङ :

इलाम अस्पतालको सुधार र आगामी योजनाबारे स्वास्थ्य राज्यमन्त्रीसँग छलफल

इलाम अस्पतालको सुधार र आगामी योजनाबारे स्वास्थ्य राज्यमन्त्रीसँग छलफल

  • लोकल सन्देश
  • सोमबार, असोज ५ २०८३


इलाम अस्पतालको सुधार र आगामी योजनाबारे स्वास्थ्य राज्यमन्त्रीसँग छलफल

इलाम । जिल्ला अस्पताल इलाममा पछिल्लो समय भएका सुधार तथा आगामी दिनमा स्वास्थ्य सेवा विस्तारका विषयमा स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमसँग छलफल भएको छ। अस्पताल विकास समितिका अध्यक्ष जयप्रकाश राई र मेडिकल सुपरिटेन्डेन्ट डा अमिताभ ठाकुरले स्वास्थ्य राज्यमन्त्री गौतमलाई स्वागत गर्दै अस्पतालको वर्तमान अवस्था, हालसम्म भएका सुधार तथा आगामी योजनाबारे जानकारी गराएका हुन् ।

छलफलका क्रममा अस्पतालमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, व्यवस्थापन सुधार गर्ने तथा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा विभिन्न आधारभूत सुधारका सम्भावनाबारे छलफल भएको जनाइएको छ। अस्पतालको भौतिक तथा व्यवस्थापकीय पक्षलाई थप व्यवस्थित बनाउँदै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तार गर्ने विषयमा समेत जोड दिइएको थियो।

त्यसैगरी, आगामी दिनमा इलाम अस्पतालमार्फत स्वास्थ्य सेवासम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ। अस्पताललाई उपचार सेवासँगै स्वास्थ्य शिक्षा तथा जनशक्ति विकाससँग जोड्ने सम्भावनाका विषयमा समेत छलफल भएको बताइएको छ।

अस्पताल विकास समितिका अध्यक्ष राईले नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा अमिताभ ठाकुरको आगमनपछि अस्पतालको सेवा प्रवाह तथा व्यवस्थापनमा थप सुधार आएको बताए। उनका अनुसार पछिल्लो समय अस्पताल पहिलेको तुलनामा थप व्यवस्थित बन्दै गएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार