इलाम । नेपाली फुटबल टोली रेड हर्स एफसी इलामले भारतको कालेबुङमा आयोजना हुने अल इन्डिया गोर्खा कप–२०२६ मा प्रतिस्पर्धा गर्ने भएको छ। रेड हर्सले प्रतियोगिताको पहिलो खेलमा २२ सेप्टेम्बरमा भारतको असमस्थित कार्बी आङ्लोङ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
कालेबुङको मेला ग्राउन्डमा दिउँसो २ः३० बजे हुने खेलमा रेड हर्सले जितका लागि मैदानमा उत्रनेछ। भारत र नेपालका विभिन्न टोली सहभागी प्रतियोगिता १५ सेप्टेम्बरदेखि २ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले भारतीय रुपैयाँ १० लाख तथा उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
गोर्खा जनमुक्ति मोर्चाको आयोजनामा तथा कालेबुङका विभिन्न खेलकुद संघसंस्थाको सहकार्यमा हुने प्रतियोगिताको फाइनल २ अक्टोबरमा हुनेछ।