Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गुल्मीका कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट मर्ने तीन पुगे

गुल्मीका कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट मर्ने तीन पुगे

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ७ २०७७


गुल्मीका कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट मर्ने तीन पुगे

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेको गुल्मीका ४१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। गुल्मी मदाने गाउँपालिका–६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले पुष्टि गरे। यद्यपी, स्वास्थ्य मन्त्रालयले भने आधिकारिक रुपमा पुष्टि गर्न बाँकी नै छ। संक्रमित जेठ १ गते अस्पताल भर्ना भएका थिए।
शुरुमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि भने अस्पतालकै भेन्टिलेटरमा राखिएको थियो। क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको चिकित्सकहरुले बताएका छन्। ज्वरो आएपछि गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका उनी त्यहाँ सञ्चो नभएपछि मोटरसाइकलनै अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुगेका थिए। त्यहाँ स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मणिग्रामको क्रिमसन अस्पताल रिफर गरिएको थियो।
बुधबार उनको अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रीले पुष्टी गरेका हुन्। संक्रमितको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। थाहाखबरबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार