माई । भ्रमण बर्ष २०२० अवसरमा अनेरास्ववियू गरुवा बहुमुखि क्याम्पस को आयोजना माई नगरपालिका भित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार कार्यक्रम शुरु भएको छ । आइतबार गरुवा बहुमुखी क्याम्पस माई नगरपालिकामा औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
माई नगरपालिका भित्र रहेको पर्यटकिय स्थल हरुको फोटो राखिएको फ्लेक्स बनाएर प्रचारप्रसारको काम गरिएको हो । निर्माण भएको फ्लेक्स ५० स्थानमा राखेर माई नारपालिका को पर्यटकिय स्थलको प्रचार गरिनेछ ।
गरुवा बहुमुखी क्याम्पस अध्यक्ष पम्फा राई को अध्यक्षतामा भएको कार्यक्रममा , माई नगरपालिका प्रमुख दिपक थेबे, माई नगरपालिका उप प्रमुख बिष्णु माया आचार्य ,माई नगरपालिका नेकपा अध्यक्ष धनकुमार लिम्बु, माई नगरपालिका नेकपा सचिव हेम लायो मगर, अनेरास्ववियू केन्द्रिय सदस्य सन्धि भक्त शंकर ,नेकपा प्रदेश कमिटी सदस्य धुर्व श्रेष्ठ ,अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रबेश पराजुली ,अनेरास्ववियू जिल्ला सह संयोजक बिपिन पोख्रेलले सुभकामना दिएका थिए । कार्यक्रममा अनेरास्ववियू जिल्ला नेता मिलन खत्री माई नगरपालिका वार्ड अध्यक्ष मुखराज आङदाम्बे, सुर्य दुलाल,गरुवा बहुमुखी क्याम्पस प्रमुख भुपाल अधिकारी ,अनेरास्ववियू जिल्ला सदस्य गोपाल आचार्य ,पुष्प चापागाईंको उपस्थिति रहेको थियो ।