पशुपतिनगर। इलामको सूर्योदय नगरपालिका २ स्थित पशुपतिनगरमा सवैभन्दा बढी पर्यटक छिमेकी मुलुक भारतबाट आउँछन् । भारतको दार्जिलिङ आउने दैनिक जसो पशुपतीनगर बजारमा १ हजारको संख्या पर्यटकहरु ऋाउने गरेका छन् ।

भारतीय पर्यटकहरुले पशुपतिनगरमा आफ्नो सपिङ गर्ने बजारको रुपमा प्रयोग गर्दै आएका छन् । नेपाली नम्बर प्लेटका भन्दा पनि बढी भारतिय नम्बर प्लेटका गाडी पशुपतीनगर बजारमा बढी भेटिन्छन् ।

यातायात व्यवसायी समेत रहेका पशुपतीनगरका स्थानिय मिलन क्षेत्रीका अनुसार दार्जिलिङ क्षेत्र भ्रमण गर्ने पर्यटकहरु प्शुपतिनगरमा एक घण्टासमा भारतीय पर्यटक आउने गरेका छन् । बर्षमा पशुपतीनगर नाकाबाट पशुपतिनगर बजार प्रवेश गर्ने पर्यटकहरुको संख्या ५ लाख रहेको छ।

भारतको गर्मीबाट आक्रान्त भएकाहरु नेपालको चिसो मौसममा आएपछि स्वर्ग पुगेको महसुस हुने गरेको पशुपतीनगर बजारमा भेटिएकी कलकत्ताका अविशेक शाले बताए । उनी भन्छन् नेपाल वास्तवमै सुन्दर रहेको छ र मैले ज्याकेट खरिद गरि लगाए । दार्जिलिङ भ्रमण गर्न आउने पर्यटकहरुको लागी एउटा पोइन्टको रुपमा पशुपतीनगर बजारलाई राखिएको छ ।

जसअनुसार पशुपतिगनर बजारमा भारतीय पर्यटक गाडिहरुले पर्यटकहरुलाई छोड्ने गरेका छन् ।

भारतीय पर्यटक सेवन्ती दासले भनिन् चिसो मौसममा रमाउन पाउँदा आफु खुशि छु ।