पूर्वको लोकप्रिय शैक्षिक संस्था इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पस ओरालो लाग्दै
प्रमुख गुरागाई मुख्य बाधक रहेको भन्दै अनेरास्ववियूले बुझायो १८ बुँदे मागपत्र

इलाम । पूर्वी पहाडको शैक्षिक केन्द्रको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको महेन्द्र रत्न बहुमुखी क्याम्पस पछिल्लो समयमा शाखा गिर्दै गएको छ । क्याम्पस प्रशासनको अपरिपक्क निर्णयले गर्दा विगत केही महिनाबाट शैक्षिक गतिविधि भन्दापनि विवाद र क्याम्पसको नेतृत्वको आलोचना मात्रै हुने गरेको छ । क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंको क्याम्पसको प्रशासन संचालन गर्ने बिषयमा गर्ने एकलौटी निर्णय गर्दा क्याम्पसमा शैक्षिक गतिविधि कम र आन्दोलन हुँदै आएपछि क्याम्पसको शाख गिर्दै आएको हो ।
क्याम्पसको समग्र नेतृत्व नै प्रचलित नियम, कानूनको उल्लंघन गर्ने, नीजि स्वार्थ एवं सेवा, सुविधामा केन्द्रीत हुने, अख्तियारको दुरुपयोग गर्ने र क्याम्पसको समग्र विकास भन्दा पनि विनासको काममा लागि परेकोले क्याम्पसको उन्नति प्रगतिमा बाधा पुगेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू म.र.ब. क्याम्पस कमिटीले १८ बुँदे मागपत्र पेश गरेको छ । विद्यमान परिस्थितिको सही ढंगले मध्यनजर गरेर क्याम्पसमा रहेका शैक्षिक, प्रशासनिक, भौतिक, आर्थिक लगायतका सवालहरुलाई समेटर कात्र्तिक २५ गते क्याम्पस प्रमुखलाई मागपत्र पेश गरिएको साविक अनेरास्ववियुका क्याम्पस सचिव बिशाल कार्कीले बताए ।
साविक अनेरास्ववियुका क्याम्पस सचिव कार्की र साविक अखिल (क्रान्तिकारी) का कार्यबाहक अध्यक्ष रमेश पौडेलद्वारा संयुक्त हस्ताक्षरित मागपत्रमा हरित संरचनाको नीति विपरित क्याम्पसमा रुख फडानी तत्काल रोक्नुपर्ने, अख्तियारको दुरुपयोग गरी नियुक्ति गरिएका दोहोरो तेहेरो सुविधा लिने कर्मचारीको नियुक्ति खारेज गर्नुपर्ने, अतिरिक्त कक्षा संचालन गर्नुपर्ने, नियतबस अभ्यास शिक्षणको अंक नपठाउने प्राध्यापकलाई कारबाही गरी सच्याएर विद्यार्थीको नतिजा सार्वजनिक गर्नुपर्ने, बी.बी.एस. को शुल्क आंगिक सरह कायम गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।
यसैगरी सहायक क्याम्पस प्रमुख बनाउँदा सम्बन्धित संकायकै प्राध्यापकलाई बनाउनुपर्ने, प्राध्यापक, विद्यार्थीले मागेको सूचना उपलब्ध गराउनुपर्ने, नयाँ संकायहरुको पठनपाठन अघि बढाउनुपर्ने, क्यू.ए.ए. को मूल समिति विगठन गरी विद्यार्थी संगठनको प्रतिनिधित्व गराउनुपर्ने सहित बागवानी संकायका विभिन्न संवेदनशील मुद्धाहरुलाई मागपत्रमा समेटिएको छ ।
अनेरास्ववियूले पेश गरेको मागपत्रमा भएका सवालहरुबारे तयारी गर्नको लागि भन्दै क्याम्पस प्रमुख गुरागाईंले मंसिर १ गतेसम्मको समय उपलब्ध गराउन अनुरोध गरेको साविक अनेरास्ववियुका क्याम्पस सचिव कार्कीले बताए । “प्रमुख सरले आइतबार सम्मको समय माग्नुभएको छ, हामीले हुन्छ भनिदिएका छौं” उनले भने– “हामी वहाँको नेतृत्वमा क्याम्पस अघि बढ्न सक्दैन भन्नेमा पुगेका छौं र वहाँले मार्ग प्रशस्त गरिदिएर क्याम्पसको भविष्यमा तगारो नबनिदिए हुने थियो ।”
क्याम्पसले हिरक जयन्ती मनाउन योजनाहरु तर्जुमा गर्न शुक्रबार आयोजित सरोकारवालाहरुको बैठकको सहभागिता अत्यन्तै कम भएपछि अन्यौलताका बीच सकिएको छ । सयौंको संख्यामा प्रध्यापक, कर्मचारी, विद्यार्थी संघ, संगठनका प्रतिनिधिहरुको सहभागिता हुनुपर्नेमा १२÷१५ जना भेला भएर बैठक सकिएको बैठकमा सहभागि एक प्राध्यापकले बताए । यसैगरी क्याम्पसमा मागपत्र पेश गरेको साविक अनेरास्ववियु र साविक अखिल (क्रान्तिकारी) का नेताहरुले बैठक शुरु हुनासाथ आफ्ना मागहरु पुरा नभएसम्म यस्ता गतिविधिमा संगठनको संलग्नता हुन नदिने र यसप्रकारका गतिविधि मागहरु सम्बोधन गरेर मात्र अघि बढाउन भन्दै त्यसो नगरिए संगठन कडा आन्दोलनमा उत्रने चेतावनी दिएर बैठकबाट बहिरिएको साविक अनेरास्ववियुका क्याम्पस सचिव कार्कीले बताए । बहुसंख्यक सरोकारवालाहरुले बैठक बहिस्कार गरेको र सहभागि नभएको उनले बताए ।
क्याम्पसका प्रमुख गुरागाईं क्याम्पस प्रमुख बन्नको लागि वरिष्ठताको सूचिमा पाँच नम्बरमा भएतापनि राजनीतिक भागवण्डामा इलाम क्याम्पस तत्कालीन नेकपा एमालेको भागमा परेको हुनाले तत्कालिन एमालेको सिफारिसमा २०७४ सालमा क्याम्पस प्रमुखमा नियुक्त भएका थिए ।
गुरागाईं प्रमुख हुँदा २८ सय विद्यार्थी भएको क्याम्पसमा अहिले १५ सयभन्दा कम विद्यार्थी रहेको र उत्तिर्ण दर ज्यादै न्यून रहेको विद्यार्थीको आरोप छ । गुरागाँईको कार्यकालमा पाँच वटा स्नातकोत्तरका बिषयहरु बन्द भई दुई वटामा आईपुगेको, बागवानी संकायमा प्रत्येक सेमेष्टरमा ३० जना भन्दा बढी विद्यार्थी भर्ना भइरहेकोमा पछिल्लो शैक्षिक सत्रमा १८ जना मात्र भर्ना भएको, क्यू.ए.ए. को नवीकरण प्रभावकारी रुपमा अघि नबढेको मागपत्रमा उल्लेख छ ।
अर्कोतिर यही बीचमा क्याम्पसमा अख्तियारको दुरुपयोग बढेको र आर्थिक अनियमितता एवं हीनामिना बढेको जानकारहरु बताउँछन् । “तलबभन्दा बढी भत्ता खाएको देखियो, सूचनाको हक प्रयोग गरेर विवरण माग्दा दिन नमिल्ने भनेर लेखेर दियो” क्याम्पसका विद्यार्थी समेत रहेका साविक अखिल (क्रान्तिकारी) का जिल्ला सचिव विपन तुम्रोकले भने– “सूचना उपलब्ध गराइपाउँ भनेर राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेको छु ।” क्याम्पसको यो कार्य आर्थिक अपारदर्शिताको परकाष्टा भएको भन्दै सचिव तुम्रोकले आफूहरुले गरेको हिनामीना बाहिरिने डरले सूचना नदिएको भन्दै सूचना आयोग मात्रै नभएर अख्तियारको ढोका ढकढक्याउने बताए ।
क्याम्पस प्रमुख गुरागाईंको नेतृत्वमा क्याम्पसको शैक्षिक वातावरण खस्कँदै गएको, अध्ययन अनुसन्धानको गतिविधी कमजोर भएको, नेतृत्व सामूहिक भन्दापनि सानो झुण्डको स्वार्थमा केन्द्रीत भएको, स्रोत साधन माथिको दोहन बढेको बुझिएको, क्याम्पसको ख्याती घटाएको र क्याम्पस नै विघटन हुने अवस्थामा पु¥याएको तुम्रोकले बताए । क्याम्पसका अधिकांश प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संगठनहरुको निश्कर्ष क्याम्पस प्रमुख गुरागाईंबाट क्याम्पसको भविष्य झन्–झन् ओरालो लाग्दै गएको भन्ने रहेको हुँदा वहाँले क्याम्पसको हितको लागि मार्ग प्रसस्त गरिदिँदा उपर्युक्त हुने प्राध्यापक पोष्टराज लामिछानेले बताए ।
यसैगरी कर्मचारीहरुमा समेत समन्वय भन्दापनि विभाजन ल्याउने र कर्मचारीका आधारभूत समस्याहरुलाई समेत समाधान गर्न यतिका समयसम्म कुनै चासो नदिएको हुँदा वहाँको नेतृत्वमा काम गर्ने उपर्युक्त वातावरण नभएको कर्मचारी संगठनका सचिव केन्द्रप्रकाश खत्रीले बताए । क्याम्पसको पूर्व प्रमुख समेत रहेका संचालक समिति अध्यक्ष राजेन्द्र कुँवरले क्याम्पस प्रमुख विधि, पद्धतिभन्दा अलग ढंगले चल्नाले क्याम्पसमा समस्या आएको बताए । “संचालक समितिका तीन जना सदस्यहरुले राजिनामा बुझाउनुभयो” उनले भने– “त्यसको कारण चिफ सरको कार्यशैली नै थियो तर त्यसमा सुधार आउनुको सट्टा हुँदै नभएका प्रचारबाजीमा लागेर आफू स्वयम् र क्याम्पसको प्रतिष्ठा घटाउनेतिर लाग्नुभयो ।”
पछिल्लो समयमा नक्सा पास नगरी संरचना निर्माण गरेको कारण पनि क्याम्पस प्रमुख गुरागाईं विवादमा तानिएका छन् । बारम्बार नक्सा पास गरेर मात्र निर्माण कार्य अघि बढाउन पत्रचार गर्दा समेत क्याम्पसले बेवास्ता गरेको भन्दै इलाम नगरपालिकाले कानूनी प्रक्रिया अगाडि बढाउने बताएको छ । उता क्याम्पस प्रमुख गुरागाईं भने क्याम्पस स्वायत्त संस्था भएकाले नक्सा पास गर्नु नपर्ने र सो सम्बन्धी निर्देशनका लागि माथिल्लो निकायलाई लेखि पठाएकोले माथिको निर्देशन बमोजिम गर्ने बताउँदै आएका छन् ।
क्याम्पस प्रमुख गुरागाईंका सीमित सल्लाहकारहरुको घेरामा भएका कारण समस्या आइ परेको विद्यार्थीको आरोप रहेको छ । गुरागाईलाई सहयोग गर्नेमध्ये पूर्व क्याम्पस प्रमुख समेत रहेका जसबहादुर लुङ्गेली सहतिको टिम रहेको छ । लुङ्गेली क्याम्पस प्रमुख बहाल भएकै समयमा चरम विवादित भएपछि राजिनामा दिएका थिए ।
तत्कालिन नेकपा (एमाले) हुँदै हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी सदस्य समेत रहेका क्याम्पस प्रमुख गुरागाईंको कार्यशैलीप्रति चौतर्फी प्रश्न उठ्न थालेपछि पार्टीले सो को जानकारी गराएको नेकपा जिल्ला कमिटी कार्यालय सचिव एवं विद्यार्थी इन्चार्ज नवराज शंकरले बताए । “त्यसपछि त वहाँ पार्टी, पार्टी नेतृत्वलाई नै विवादित बनाउने गरी परिचालित हुनुभयो” उनले भने– “पार्टीले स्पष्टिकरण लियो, त्यसको समेत वेवास्ता गर्नुभयो ।” त्यसपछि पार्टीकै सिफारिसमा दुई बर्ष अगाडि म.र.ब. क्याम्पस इलामको प्रमुख बनाइएका गुरागाईंलाई पार्टी सदस्यबाट निलम्बन गरिएको उनले बताए ।
क्याम्पस प्राज्ञिक थलो हो, यसको प्राज्ञिक मर्यादालाई सबैले परिपालना गर्नुपर्दछ । नीजि र झुण्डगत स्वार्थभन्दा माथि उठेर सबैले काम गर्नुपर्दछ । म.र.ब. क्याम्पसको उन्नति र प्रगतिको लागि क्याम्पस प्रमुख नै बाधक भएको भए उनले बाधक बन्न नहुने अधिकांश सरोकारवालाहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...