Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

भारतको मणिपुरबाट एक सय ७९ नेपाली उद्धार गरी काँकरभिट्टा हुँदै नेपाल फर्काइयो

भारतको मणिपुरबाट एक सय ७९ नेपाली उद्धार गरी काँकरभिट्टा हुँदै नेपाल फर्काइयो

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन ८ २०७५


भारतको मणिपुरबाट एक सय ७९ नेपाली उद्धार गरी काँकरभिट्टा हुँदै नेपाल फर्काइयो

झापा । मानव बेचबिखनको जोखिममा परेका १ सय ७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर मंगलबार झापाको काँकरभिट्टा नाका हुँदै नेपाल फर्काइएको छ ।

नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स ९युएई० लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महीनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल र्पुयाएका थिए ।

मणिपुरबाट म्यान्मा हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरी पूर्वी नाका काँकरभिट्टाबाट नेपाल फर्काएको हो । उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष छन् । उनीहरुलाई सोमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको र त्यहाँबाट आठ वटा बसमा राखेर मंगलबार पूर्वीनाका काँकडभिट्टा ल्याई र्पुयाइएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

काँकडभिट्टाबाट ६ बसमा राखेर उनीहरुलाई मङ्गलबार काठमाडौँ लगिदैछ । उद्धार गरिएकालाई काठमाडौँका विभिन्न पुर्नस्थापना केन्द्रमा राखिने र घटनाबारे थप अनुसन्धान गरी सम्लग्नलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए ।

उद्धारमा माइती नेपाल, भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार