Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गाउँपालिका अध्यक्षले बोलाएको नाम्सालिङ् माविको अभिभावक भेला स्थगित गर्न उच्च अदालतको अन्तरिम आदेश

गाउँपालिका अध्यक्षले बोलाएको नाम्सालिङ् माविको अभिभावक भेला स्थगित गर्न उच्च अदालतको अन्तरिम आदेश

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १२ २०७५


गाउँपालिका अध्यक्षले बोलाएको नाम्सालिङ् माविको अभिभावक भेला स्थगित गर्न उच्च अदालतको अन्तरिम आदेश

माइजोगमाई । इलाम माईजोगमाई गाउँपालिका ३ स्थित नामसालिङ्ग माध्यमिक विद्यालयमा ब्यबस्थापन समिति गठन गर्नका लागि गाउँपालिकाले बोलाएको अभिभावक भेला रोक्न उच्च अदालत बिराटनगर, इलाम इजलासले अन्तरिम आदेश जारी गरेको छ ।
गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले नामसालिङ्ग माविको ब्यबस्थापन समिति गठन नभएको र नमुना बिद्यालयको रुपमा अघि बढिरहेकाले आउँदो पुष १३ गतेका लागि प्रधानाध्यपक सहित अभिभावकलाई छलफलका लागि पत्राचार गरेका थिए । गाउँपालिका अध्यक्षले विद्यालयको ब्यबस्थापन समिति हुँदा हुँदै दोहोरो ब्यबस्थापन समिति बनाउने खेलमा लागेको भन्दै हाल विद्यालय ब्यबस्थापन समिति अध्यक्ष योगेन्द्र पौडेलले सो भेला रोकी पाउँ भन्दै अदालतमा रिट हालेका थिए ।
पौडेलको रिटको सुनुवाई गर्दै अदालतका न्यायधिस बीरेन्द्र कुमार कर्णको इजलासले १३ गतेको भेला रोकि पुष १७ गते दुबै पक्षलाई छलफलका लागि आउन अन्तरीम आदेश जारी गरेको हो । पौडेलले हालेको रिटमा अधिबक्ता मदन खड््काले बहस गरेकाक थिए । २०७३ साल फागुन २१ गतेको अभिभावक भेलाबाट विधिवत रुपमा आफू विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएको र आफनो कार्याकाल अझै एकबर्ष बाँकी हुँदा हुँदै गाउँपालिका अध्यक्षले ब्यवस्थापन समिति नै नभएकोले छलफलका लागि अभिभावकलाई पत्राचार गरिनु आश्चार्य भएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष योगेन्द्र पौडेलले बताए ।
नामसालिङ्ग माविलाई नमुना विद्यालय बनाउनका लागि आफनै कार्यकालमा अघि बढाएको जनाउँदै अध्यक्ष पौडेलले नमुना विद्यालयको निर्देशिका अनुसार शिक्षा ऐन र नियमवाली अन्तर्गत विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष भएर चलाउँदै आएको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार