फिक्कल । बेलायतमा रहेको गोरखालीहरुको गुठी (संस्था) गोरखा पिस फाउन्डेशनको सहयोगमा इलामको श्रीअन्तुको एक बिद्यालयमा कम्प्यूटर प्रबिधिमा आधारित पठनपाठन हुने आइसीटी कार्यक्रम शुरु भएको छ ।गोरखा पिस फाउन्डेसनको एक हजार पाँचसय पाउन्ड (नेपाली करिव २ लाख ३१ हजार रुपैया)को सहयोगमा सूर्योदय नगरपालीका–४ श्रीअन्तुको राष्टिय« आधारभूत बिद्यालयमा इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी कार्यक्रम सोमबारबाट एक औपचारिक कार्यक्रम गरि शुरु भएको हो । यो कायक्र्रम अन्तर्गत बिद्यालका शिक्षण शिकाइ क्रियाकलापहरु अव कम्प्यूटर पद्धतिवाट संचालन हुनेछन ।
गोर्खा पिस फाउन्डेसनबाट प्राप्त सहयोगबाट बिद्यालयले ३२ इन्चका दुइथान एलइडी टेलिभिजन चार थान कम्प्यूटर प्रिन्टर तथा अन्य बिधुतिय उपकरणहरु खरिद गरेको शिक्षक सन्तोस आचार्यले बताए । इन्फरमेसन कम्युनिकेशन टेक्नोलोजी कार्यक्रमको उदघाटन गर्दै सुर्योदय नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधी भट्टराईले सो कार्यक्रमले बिद्यार्थीको शिकाईलाइ थप प्रभावकारी बनाउने विश्वास ब्यक्त गरे । राष्ट्रिय अधारभुत बिद्यालयका प्रधानअध्यापक गोकर्ण रिजालको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा सुर्योदय नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मधुसुदन लामिछाने, शिक्षक अभिभावक संघका गोविन्द गिरी बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष दिपकला लामिछाने, अंशुवर्मा आधारभुत बिद्यालयका प्रधानअध्यापक बलराम रिजाल लगायतले मन्तब्य राख्दै वालवालिकाको सर्वाङिगण विकासमा यो कार्यक्रमले मद्दत पुग्ने विश्वास ब्यक्त गरे । गोरखा पिस फाउन्डेसनका नेपाल उपाध्यक्ष गोपाल गिरीले बेलायतबाटै फेसबुक लाईभ मार्फत कार्यक्रममा सम्बोधन गरेका थिए ।
गोर्खा पिस फाउन्डेसन वेलायतले विभिन्न कार्यक्रम गरि प्राप्त रकम नेपालका बिभिन्न जिल्लाका विद्यालयको स्तरउन्नति मा खर्च गर्नुका साथै नेपालका बिद्यालयहरुको वेलायतमा रहेको बिद्यालयहरुसंग मितेरी सम्बन्ध स्थापनाको काम गर्दै आएको छ । गत बर्ष सो संस्थाले श्रीअन्तुकै अंशुवर्मा आधारभुत बिद्यालयमा सिआइटी कार्यक्रम लागु गर्न र्आिथक सहयोग गरेको थियो।