Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कन्याम पर्यटन विकास संस्थाको अध्यक्षमा पुनः गिरी

कन्याम पर्यटन विकास संस्थाको अध्यक्षमा पुनः गिरी

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस ११ २०७५


कन्याम पर्यटन विकास संस्थाको अध्यक्षमा पुनः गिरी

कन्याम । कन्याम पर्यटन विकास संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनबाट दोश्रो कार्यकालको लागी अध्यक्षमा पुनः टेकराज गिरीलाई चयन गरेको छ । सुर्योदय नगरपालिका–७ को वडा कार्यालयमा सम्पन्न अधिवेशनले समितीको उपाध्यक्षमा दोर्जीकुमारी राई, सचिव बिशाल तामाङ, सहसचिव चेतन भटराई, कोषाध्यक्ष लिला सापकोटा चयन भएका छन ।
सदस्यहरुमा प्रेम ग्याबाक, तारा कटुबाल, रमेश खडका र मिरा राई चयन भएका छन । त्यसैगरी इकाराम प्रधानको संयोजकत्वमा सोम तामाङ र कृष्ण भटराई सदस्य रहेको लेखा समिती चयन गरिएको नवनिर्वाचित अध्यक्ष गिरीले जानकारी दिए । संस्थाका अध्यक्ष टेकराज गिरीको अध्यक्षतामा सुरु भएको साधारणसभाको प्रमुख अतिथी प्रदेश नं एकका प्रदेशसभा सदस्य काजीमान कागते रहेका थिए ।
कार्यक्रममा वडा नं ७ का सदस्य नेत्रबहादुर राई, समाजसेवी डम्बर कटुबाल, मिरा राई, इकाराम प्रधान, अमृत कटुबाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै सांसद कागतेले सुर्योदय नगरपालिका प्रदेश नं एकको पर्यटकिय नगरी घोषणा भएपनि बजेट विनियोजनको अन्यौलताले नामकै मात्र हुनेमा चिन्ता व्यक्त गरे । उनले स्थानियको प्रयत्न जारी रहे प्रदेश सरकारबाट योजना अनुसार मूल्यांकन गरेर बजेट आउने कुरामा दुई मत नहुने उल्लेख गरे । कार्यक्रममा सचिव चेतन भट्टराईले संस्थाको कार्य प्रगती र अध्यक्ष गिरीले भावी बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार