इलाम । पूर्वी नेपालका चार जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि आयोजना गरिएको मेची पर्यटन महोत्सव इलाममा शुरु भएको छ । पूर्वी पहाडको हरियालि, प्राकृतिक सुन्दरता र पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवद्र्धन गर्न आयोजना गरिएको महोत्सवको प्रदेश नम्बर एकका पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले उद््घाटन गरेका थिए पुस १६ गतेसम्म आयोजना हुने महोत्सवमा कलासंस्कृति, पर्यटकिय तथा सास्कृतिक धरोहरको प्रचार को लागि महोत्सवको आयोजना गरिएको मेची पर्यटन महोत्सव प्रचार समितिको संयोजक देवी पौडेलले बताए ।
पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाको पर्यटकीयस्थलको दिगो पर्यटन बिकास गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा ५१ वटा स्टल राखिएको र पूर्वी नेपालमा उत्पादन भएको सामग्री, सास्कृतिक सम्पदाको प्रचार र जातिय संस्कृति,परिकारहरु राखिएको छ । महोत्सवमा २३ लाख खर्च हुने र ३ करोड बराबरको कारोबार हुने महोत्सव इलाम बजार स्थित ठूलो टुडिखेलमा आयोजना गरिएको हो ।
महोत्सवमा इलाम, पाँचथर, झापा र ताप्लेजुङ्गका स्थानिय उत्पादन , कला संस्कृति , राष्ट्रिय कलाकारको प्रस्तुती , रमाइलो मेला , ट्राभलहरु बाट प्यकेज बिक्री , जातिय खानाको परिकारहरु , प्रदेश नम्बर १ का होटल व्यवसायी को भेला आयोजना हुनेछ । मेची पर्यटन महोत्सवमा झापाको केचनादेखि ताप्लेजुङको पाथीभरासम्म पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य रहेको र ५० हजार पर्यटक भित्र््याउने लक्ष्य रहेको छ ।