इलाम । १ नम्बर प्रदेश सरकारले प्रदेश विश्वविद्यालयको संभाव्यता अध्ययन गर्न बनाएको समितिको सदस्यमा इलामका डा। देवी क्षेत्री दुलाललाई सदस्यमा मनोनित गरेको छ । प्रदेश नंम्बर १ को विश्व विद्यालयको संभावना अध्ययन गर्न सामाजिक विकास मन्त्रालयले प्रा।डा। महेशराज दाहाल( भोजपुर) को संयोजकत्वमा समिति बनाएको छ । सोही समितिको सदस्यमा डा दुलाललाई पनि मनोनित गरिएको हो । समितिले ५० दिनभित्रमा प्रतिवेदन मन्त्रालयलाई बुझाउने छ ।
प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि १० सदस्यीय कार्यदल गठन गरिएको हो । अन्य सदस्यहरुमा पितकुमार श्रेष्ठ (मोरङ), भोलानाथ ओझा (झापा), रमेशचन्द्र रोका (उदयपुर), तोयाप्रसाद खतिवडा (मोरङ), उद्धवकुमार शर्मा (सोलुखुम्बु), उमानाथ रिजाल (सुनसरी), उमानाथ ओली (झापा) र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालय प्रदेश नं १ का सूर्यप्रसाद सुवेदी मनोनित भएका हुन् ।