फिक्कल । लामो समयदेखी सुर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रहेका राजेन्द्र भट्टराई विदाइ नै नथापी सटुक्क हिडेका छन । भट्टराईको मोरङको सुन्दरहरैचा नगरपालिकामा सरुवा भएपछि सुर्योदय नगरपालिकाले विदाई कार्यक्रम राखेको थियो । तर उनी विदाइ नै नथापी सुटुक्क हिडेको नगर प्रमुख रणबहादु राईले बताए । उनले भने ‘ राजेन्द्र सर लामो समयदेखी प्रमुख प्रशासकिय हुनुहुन्थ्यो । आज साढे २ बजे विदाइ गर्ने भनेर तयारी गरिएको थियो । खै कति खेर हिडनुभएछ थाहै भएन ।उहाँको अति जरूरी कामले गर्दा उक्त बिदाई कार्यक्रममा आउनु भएन ’
स्रोतका अनुसार भट्टराईलाई विदाइ समारोहमा एक जना व्यवसायीले जुत्ताको माला लगाएर वेइज्जत गर्ने बुझेपछि उनी विदाइ समारोहमा नै सहभागी नभइ हिडे । यसअघि सुर्योदयको प्रमुख प्रशासकिय अधिकृत हुँदा उनले सेवाग्राहीलाई सास्ती दिने गरेको गुनासो छ । कार्यालयमा आउने सेवाग्राहीलाई भट्टराईले अपशव्द प्रयोग गर्ने गरेको गुनासो छ । उनले जनप्रतिनिधीहरुलाई समेत आफनो कार्यकक्षमा प्रवेश गर्न रोक लगाएको गुनासो छ । जनप्रतिनिधीलाई उनको कार्यकक्षमा प्रवेश गर्दा धम्कीको भाषामा के का लागी आएको किन आएको जस्ता शव्द प्रयोग गर्ने गरेका थिए ।
भवन निर्माणका क्रममा नियतवश दुःख दिएको भन्दै निर्माण व्यवसायी प्रकाश आर्चायले भट्टराईलाई कारवाहीको माग गर्दै नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका थिए । भट्टराईले सेवाग्राहीबाट घुस रकम नलिइ काम नगर्ने गरेको सेवाग्राहीको गुनासो छ । प्रशासनिक भवन निर्माणका क्रममा समेत उनले घुस रकम माग्दा नदिएपछि नियतवश दुःख दिएको निर्माण व्यवसायी आर्चायले बताए । आफनो पक्षमा सुचना र समाचार सम्प्रेषण नर्गेन संचारमाध्यमलाई समेत उनले उपेक्षा गर्दै आएका थिए । सार्वजनिक हितको कतिपय सुचनाहरु माग्दा समेत उहाँले नदिएको संचारकर्मीहरुको गुनासो छ ।
घुस रकम नदिँदा हर्जना भराउन खोजेकाे भन्दै निर्माण व्यवसायीद्धारा जिल्ला प्रशासनमा उजुरी
निर्माणको म्याद नसकिँदै सुर्योदय नगरपालिकाको भवन संचालनमा, निर्माण कम्पनीलाई हर्जना