Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

घुस रकम नदिँदा हर्जना भराउन खोजेकाे भन्दै निर्माण व्यवसायीद्धारा जिल्ला प्रशासनमा उजुरी

घुस रकम नदिँदा हर्जना भराउन खोजेकाे भन्दै निर्माण व्यवसायीद्धारा जिल्ला प्रशासनमा उजुरी

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन २१ २०७५


घुस रकम नदिँदा हर्जना भराउन खोजेकाे भन्दै निर्माण व्यवसायीद्धारा जिल्ला प्रशासनमा उजुरी

फिक्कल । सुर्योदय नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले नियतवस हर्जना भराउन खोजेको भन्दै निर्माण व्यवसायी प्रकाश आर्चायले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । सूर्योदय नगरपालिकाको मुख्य कार्यालयको पहिलो तल्ला बनाउने निर्माण कम्पनीको अन्तिम म्याद नसकी प्रमुख प्रशासकिय अधिकृतले नियतवश म्याद थपको कागजपत्र लुकाइदिएपछि महालेखा परिक्षकले हर्जना गरे भन्दै कालिका निर्माण सेवा सिनामंगल काठमाण्डौका प्रतिनिधी आर्चायले जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।

कालिका निर्माण सेवाको अख्तियारीमा नगरपालिकाको प्रशासनिक भवन २ करोड ७ लाख ५९ हजार ९ सय ३१ रुपैयाँमा २०७२ साल कार्तिक १६ गते सम्झौता गरी २०७३ चैत्र १५ गते सम्पन्न गर्ने गरी निर्माण सुरु गरेका थिए । तर तराई बन्द लगायत विविध समस्याका कारण सम्झौता अवधीमा भवन सम्पन्न नभएपछि २०७४ भदौमा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । सम्झौता अवधीमा काम सम्पन्न नभएको भन्दै महालेखा परिक्षकको कार्यालले निर्माण व्यवसायीले सम्झौता अवधीमा सम्पन्न गर्नु पर्नेमा आर्थिक बर्षको अन्त्यसम्म सम्पन्न नभएकाले प्रतिदिन ९ हजार १ सय ८५ का दरले १०९ दिनको ९९२०६७ असुल गर्न निर्देशन दिएको थियो ।

निर्माण व्यवसायी आर्चायले निवेदनमा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले आफुसंग घुस रकम माग गरेको र दिन नसक्दा नियतवश हर्जना गराएको उल्लेख गरेका छन् । महालेखा परिक्षकले हर्जना लगाएपछि आर्चायले प्रमुख प्रशासकियको अधिकृतको कमजोरीका कारण आफु मारमा परेको भन्दै न्यायका लागी नगर न्यायिक समितिमा २०७४ फागुन २८ गते निवेदन दिएपनि न्यायिक समितिले क्षेत्रकाअधिकार नपरेको जनाउ दिएको थियो ।
समितीले आफनो क्षेत्राधिकार नभएको भन्दै निर्माण व्यवसायीलाई २०७५ बैशाख २८ गते पत्र दिएको थियो । नगरबाट न्याय नपाएपछि उनले २०७५ साउन १५ गते जिल्ला प्रशासन कार्यालय इलामलाई आवश्यक छलफल गराइ पाँउ भनि निवेदन दिएका हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार