घुस रकम नदिँदा हर्जना भराउन खोजेकाे भन्दै निर्माण व्यवसायीद्धारा जिल्ला प्रशासनमा उजुरी

फिक्कल । सुर्योदय नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले नियतवस हर्जना भराउन खोजेको भन्दै निर्माण व्यवसायी प्रकाश आर्चायले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । सूर्योदय नगरपालिकाको मुख्य कार्यालयको पहिलो तल्ला बनाउने निर्माण कम्पनीको अन्तिम म्याद नसकी प्रमुख प्रशासकिय अधिकृतले नियतवश म्याद थपको कागजपत्र लुकाइदिएपछि महालेखा परिक्षकले हर्जना गरे भन्दै कालिका निर्माण सेवा सिनामंगल काठमाण्डौका प्रतिनिधी आर्चायले जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।
कालिका निर्माण सेवाको अख्तियारीमा नगरपालिकाको प्रशासनिक भवन २ करोड ७ लाख ५९ हजार ९ सय ३१ रुपैयाँमा २०७२ साल कार्तिक १६ गते सम्झौता गरी २०७३ चैत्र १५ गते …