इलाम । ग्रामीण पर्यटन प्रवद्र्धनमा सक्रिय सामुदायीक होमस्टेको नेपाल पर्यटन बोर्डले आधिकारक तथ्याङ्क संकलनको काम शुरु भएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सक्रिय रहेका होमस्टेको नेपाल पर्यटन बोर्डले सातवटै प्रदेशमा तथ्याङ्क संकलनको काम शुरु गरेको हो ।
नेपालमा संचलानमा आएका होमस्टेको तथ्याङ्क संकलनका लागि नेपाल पर्यटन बोर्डले होमस्टे एसोशिएसन नेपाल केन्द्रिय समितिलाई जिम्मा दिएको छ । होस्टेको क्षमता, सुरक्षा, स्वास्थ्य, यातायात लगायतका विवरण सहितको तथ्याङ्क संकलनको काम देशभरका सातवटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम मार्फत संकलन हुँदै आएको होमस्टे नेपाल एशोसिएसनका केन्द्रिय उपाध्यक्ष बाबुराजा महर्जनले बताउनुभयो । ग्रामीण क्षेत्रका पर्यटकीय क्षेत्र भ्रमण गर्ने पर्यटकलाई सहयोग पुर्याउने उदेश्यले तथ्याङ्क संकलनको काम भइरहेको र आगामि एक वर्षभित्रमा सम्पूर्ण विवरण संकलन गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसै क्रममा प्रदेश नम्बर १ मा रहेका होमस्टेको तथ्याङ्क संकलनका लागि इलामको ग्रामीण पर्यटनकीय क्षेत्र अन्तुमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । होमस्टे एशोसिएसन प्रदेश नम्बर १ का संयोजक युद्धमणि निरौलाको अध्यक्षता र सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तु पर्यटन विकास समितिका कार्यक्रम संयोजक धरणि घिमिरे, होमस्टे नेपाल एशोसिएसनका केन्द्रिय उपाध्यक्ष बाबुराजा महर्जन केन्द्रिय कोषाध्यक्ष सुरज बास्तोला,सूर्योदय नगरपालिका वडानम्बर ५ का अध्यक्ष प्रेम तामाङ्ग ग्रामीण पर्यटनममा हामस्टेले खेलेको भुमिकाको चर्चा गर्नुभएको थियो । प्रदेश नम्बर १ का होमस्टे समितिका प्रतिनिधिहरुको सहभागिता रहेको अन्तरक्रियामा बोल्ने होमस्टे संचालनकले ग्रामीण क्षेत्रका पर्यटकीय स्थलमा सरकारी निकायले भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका थिए ।