Local Sandesh आइतबार, असोज १८ २०८३
  • ट्रेण्डिङ :

फावाखोलाबाट ५ मेगावाट विद्युत केन्द्रिय प्रशारणमा थपियो 

फावाखोलाबाट ५ मेगावाट विद्युत केन्द्रिय प्रशारणमा थपियो 

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज ३० २०७४


फावाखोलाबाट ५ मेगावाट विद्युत केन्द्रिय प्रशारणमा थपियो 

इलाम ।    ताप्लेजुङको याङवरक गाउँपालिकाको फावाखोला नदीबाट उत्पादित ५ मेगावाट विद्युतको परीक्षण पछि केन्द्रिय प्रशारणमा जोडिएको छ । निर्माण सुरु भएको १४ वर्षमा सिवानी हाइड्रो पावर आयोजना सम्पन्न भई विद्युत उत्पादीत विद्युत केन्द्रिय प्रशारणमा जोडेको हो ।

उत्पादित विद्युत पाँचथरको हिलिहाङ गाउँपालिका स्थित काबेली कोरिडोरको सवस्टेसनबाट केन्द्रिय प्रशारणमा जोडिएको काबेली कोरिडोर आयोजनाका प्रमुख दिपेन्द्रराज देवद्धीले बताए   नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार गत साउन १४ मा केन्द्रीय प्रसारण लाइनमा जोडिने योजना भएपनि प्राविधिक समस्याका कारण दूई महिना ढिलो गरि केन्द्रिय प्रशारणमा जोडिएको हो ।

फावा खोला जलविद्युत आयोजना ताप्लेजुङ जिल्लाको ठूलो आयोजना हो । ८५ करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०६२ सालदेखि शुरु भएको विद्युत आयोजना बाढी पहिरो र भुकम्पका कारण १ अर्ब १८ करोड खर्च भएको प्रवद्र्धक बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार