Local Sandesh मंगलबार, मंसिर २ २०८३
  • ट्रेण्डिङ :

रेडहर्स इलामको प्रतिद्धन्द्धी इटहरी र उदयपुर बिचको बिजेता

रेडहर्स इलामको प्रतिद्धन्द्धी इटहरी र उदयपुर बिचको बिजेता

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १ २०८३


रेडहर्स इलामको प्रतिद्धन्द्धी इटहरी र उदयपुर बिचको बिजेता

इलाम । सुनसरीको इटहरीमा आयोजना हुने हर्क साम्पाङ फुटबल कप २०८३ मा इलामको रेडहर्स फुटबल क्लबले राष्ट्रिय जागृति क्लब इटहरी र ब्रदर्शहुड क्लब उदयपुर बिचको बिजेतालाई प्रतिद्धन्द्धीको रुपमा पाएको छ । श्रम संस्कृति पार्टी इटहरी युवा नगर समितिको आयोजनामा मंसिर १० देखि १७ गतेसम्म इटहरीस्थित क्षेत्रीय रंगशालामा प्रतियोगिता सञ्चालन हुने खेलमा रेडहर्सले मंसिर १४ गते खेल्ने भएको हो ।

प्रतियोगितामा युनाइटेड क्लब तरहरा, पथरी ११ मोरङ, रारा फुटबल क्लब राजारानी धनकुटा, चुलाचुली स्पोर्टिङ क्लब झापा, राष्ट्रिय जागृति क्लब इटहरी, ब्रदर्शहुड क्लब उदयपुर, रेडहर्स फुटबल क्लब इलाम, केडीएफए खोटाङ र कोदार फुटबल क्लब भोजपुर सहभागी हुँदैछन् । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गर्नेछन् भने समापनका दिन चर्चित गायक राजेश पायल राईको सांगीतिक प्रस्तुति रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार