Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वर्तमान मिडीया प्रवृत्ती

वर्तमान मिडीया प्रवृत्ती

  • राजेन्द्र किराती
  • आइतबार, बैशाख ३१ २०७४

वर्तमान मिडीया प्रवृत्ती

विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै विश्वमा सूचनातथा सञ्चार जगतमाकायाकल्पभएकोछ । सिङ्गो मानव समाजको अभिन्नपक्षनै मिडीयावनेकोछ । छिटो, सहज र व्यवहारिकढङ्गले आममानवजगतलाई सुसुचितगर्ने माध्यमनै मिडीयाहो । हरेक वर्ग, समुदाय र क्षेत्रकामानिसहरुको दैनिकतथा दीर्घकालिकक्रियाकलापहरुको अभिलेखिकरणगर्ने साधन नै मिडीयाहो । अर्थात आजकुनै मुलुक, समुदाय, दल, संस्था, समुह र व्यक्ति मिडीयाको उपयोग विनाप्रभावशालीवन्न सक्दैन ।सफलताको आधारभूतकडीनै मिडीया वन्दै गइरहेकोछ । यसको सार्वभौमिकता, उपदेयता र सान्दर्भिकता ऐच्छिक होइनअनिवार्य भएकोछ । २१ औंशताव्दीको मिडीयाको वास्तविकतायहीहो ।
इतिहासलाई नियाल्दातात्कालिनशासकहरुले मिडीयालाईशासनसत्ता रक्षाको साधनवनाएको देखिन्छ । उनीहरुलेअन्याय र विभेदपूर्ण शासनलाई वचाउगर्न मिडीयाको उपयोग गरे। आफ्नो गुणगान र महिमामण्डनको लागि सिङ्गो मिडीयालाई होल्ड गर्दथे । जनस्तरमामिडीयाको पहुँचथिएन ।तर सामन्तवादको अन्त्यसँगै पूँजीवादीप्रजातन्त्रको स्थापनाभयो । त्यसपछि सामन्ती राजतन्त्रवाकुलीनतन्त्रमानिहीतनिरपेक्ष शासकीयशक्ति केही सभ्रान्त र पढेलेखेकाजनताको पहुँचसम्मविस्तार भयो । त्यसवेला समाजवादीहरुले सामुहिक अर्थतन्त्रअन्तरगतको राजकीयकरण रपुँजीवादीहरुले नाफामुखीअर्थतन्त्रको छाहरीमानिजीकरणको वकालत गरे । यही विन्दुबाटनिजी क्षेत्रमा मिडीया आरम्भभयो ।

आज सञ्चारप्रविधिको नाटकीय विकास रउपयोग भइरहेकोछ । निजी मिडीयाहरु च्याउ सरी उम्रिएकाछन् । नेपालकै सन्दर्भमासामन्तीपञ्चायतीशासनमासरकारी सञ्चार माध्यमहरुको एकाधिकार थियो । वहुदलीयप्रजातन्त्रको पुनःस्थापना पछि जनस्तरमा धेरै मिडीयाहरु खोलिए । यतालोकतान्त्रिक गणतन्त्रको स्थापना पछि त झनै छापा तथाविद्युती मिडीयाहरु खोल्ने उभारनै चलेकोछ । अर्को शव्दमा मिडीया क्षेत्रमाअभूतपूर्वक्रान्तिभएकोछ । हालनेपालमाझन्डै आठ सय पत्रपत्रिका, सात सय रेडियो,पचासी वटा भन्दा वढी टिभी र दर्जनौं अनलाइन मिडीयाहरु छन् ।संख्यात्मकरुपमामिडीयाकोयो तथ्याङ्क अत्याधिकहो ।यसले नीतिगत, व्यवस्थापकीय, प्राविधिक र गुणात्मक जटीलता वढाएकोछ ।चुनौतीकाअग्लो पहाड उभ्याइदिएकोछ, जुननिकै जटीलछ ।
नियमतःवस्तुको संख्यात्मकविकासको पराकाष्ठनै गुणात्मक फड्को मार्ने टर्नीङपोइन्ट हुन्छ । संख्यात्मकविकासको चरम अवस्थानै गुणात्मक परिणामको आधारशीलाहो । संख्यालाई गुणमा वदल्ने प्रस्थानविन्दुनै यहीहो । त्यसैले आज नेपाली मिडीयाको गुणात्मक विकासमा स्टेकहोल्डरहरुले सामुहिकतथा संस्थागतपहलगर्न जरुरीछ । समाज रुपान्तरणमा मिडीयाको औचित्य र महत्वपुष्टी गुणात्मक विकासको सफलतामानिर्भर हुन्छ । यसलाई गुणात्मक रुपान्तरण गर्न सकिएनभने यो अराजक, विवेकशुन्य, अनुशासनहिन, अवस्तुवादीर अव्यवहारिक वन्दछ । त्यतिमात्रहोइनआफ्नो नीतिशाष्त्रीय मुल्यमान्यतावाट गिरेर केवलनाफाको व्यापार, राजनीतिकतथाभावनात्मकव्लयाकमेलीङगर्ने माध्यम वन्दछ जुन मिडीयाको आदर्श होइन । त्यसैले संख्यात्मकअङ्कगणितलाई नीतिगतव्यवस्थापनर अनुगमनमार्फत गुणमा वदल्न जरुरीछ ।
कुनै वस्तुको विकास र विस्तार नैचुनौती र जटीलता थपिनु हो । नियामक संस्थाको सहीनीति र विधिद्वारा नियन्त्रण र निर्देशननभए अराजकता र अव्यवस्थातर्फ धकेलीने खतरा हुन्छ । राजनीतिक परिवर्तनसँगै विशेष गरेर तेस्रो विश्वकामुलुकहरुमा मिडीयाको आकार विस्तार भएसँगै अराजकता र अनुशासनहीनताको आयतनपनि वढेकोछ । वर्तमानलोकतान्त्रिकशासनव्यवस्थाअन्तरगतनाफामुखीएकाधिकार पुँजीवादको वर्चश्व रहेकोछ । यसले विश्वव्यापीकरण, उदारीकरण तथानिजीकरणमा आधारित एकाधिकार आर्थिक नीतिको वकालतगर्दछ ।नीजित्व रनाफाको पक्षपोषण गर्दछ । यसमाराजनीतिक, आर्थिक, सामरिक, सामाजिक, सांस्कृतिक, धार्मिक,दलगत, क्षेत्रगत, समुहगत र व्यक्तिगतनिहीत स्वार्थहरु टकराउँदछ । यस्तो परिवेशमा स्वतन्त्रतार आर्दशतावोकेकोवस्तु वा संस्थाखोज्नुवनीवनाउकल्पनामात्र हुन्छ ।
आजको विश्वदलालतथानोकरशाहीएकाधिकार पुँजीवादी साम्राज्यकोराज्यरुपहो । नाफा र व्यापारमुखीएकाधिकार पुँजीवादी अर्थतन्त्रहो ।साम्राज्यवादी सैन्य हस्तक्षेपको सामरिक नीतिहो ।उपभोक्तावादी सांस्कृतिक साम्राज्यको अवधारणाहो । यस्तो परिवेशमाजुनसुकै वस्तु वा संस्थाले सार्वभौमरुपमावर्गपक्षधरतार स्वार्थ वोकेको हुन्छ । उपभोक्तावादी सांस्कृतिक धरातलमाकुनैवस्तु वा संस्थाहरुलाई आफ्नो आदर्श र मुल्यमान्यतामा रहेर कामगर्नु कठिन हुन्छ । आजपत्रकारिता क्षेत्र पनिउपभोक्तावादी संस्कृतिवाट अलग छैन । मिठो खाइहाल्ने, राम्रो लाइहाल्ने, गुडीजाने, उडीजाने, रमीते डाँडावाट रमीतिपानगरिहाल्ने, धनीवनीहाल्ने,नाफागरिहाल्ने,मोजमस्तीमा रमीहाल्ने अनिभोगविलाशगरिहाल्ने जस्ता उपभोक्तावादी संस्कृतिले मिडीयाहरुलाई नराम्ररी गाँजेकोछ ।उपभोक्तावादी सांस्कृतिक रसायनले मिडीयाको आदर्श, मुल्य, अनुशासनर नीतिशाष्त्रलाई जोड्न सक्दैन ।योसैद्धान्तिक आदर्श विपरित प्रवृत्ती हो ।
यसैगरि आजनेपाली मिडीया उपभोक्तावादी संस्कृतिद्वारा सङ्क्रमितछ । सकरात्मकता,सृजनशीलता र वस्तुवादीताको स्थिति रक्षात्मकछ । निरपेक्ष नकरात्मकता हावीछ । उपभोक्तावादी संस्कृतिले सिङ्गो मानव समाजलाई सृजनशील, सहयोगी, व्यवहारिक, वस्तुवादी र कर्मशीलवन्न प्रेरित गर्दैन । आलोचनात्मकआलोचना र समर्थन गर्दैन । निरपेक्ष आलोचना, समर्थन र प्रतिशोध साँध्ने कामगर्दछ ।आफुले सिन्कोनभाँच्ने, अरुले गरेको नदेख्नेतर निहीत स्वार्थको लागिअरुमाआशावादीभइरहने लम्पट प्रवृत्तीनै उपभोक्तावादहो । यसले सम्पूर्ण मानव संस्कृतिलाई जस्तै मिडीयालाई पनिप्रदुषितवनाएकोछ । उपभोक्तावादी परिवेश, प्रवृत्ती र पाठक मैत्रीवन्नेक्रममाआज नेपाली मिडीयामानकरात्मक घटनाप्रवृत्ती मौलाउँदै गएकोछ ।नराम्रो घटनाको सनसनीमाव्ल्याकमेलीङ गर्ने संस्कृति वढेकोछ । यसमा परिवेशलाई ढाकछोप गर्दैसार भन्दा रुपमाध्यान दिइन्छ । उदाहरणस्वरुपयुवतीले आत्महत्या गरेको घटना उजागर गरिन्छ तर आत्महत्यागर्नुपर्ने सामाजिकविवशताको निर्मम परिवेशलाई प्राथमिकतामा राखिदैन ।यो प्रगतिशीलपत्रकारिताप्रवृत्ती होइन । यसले वजार वाउपभोक्ता केन्द्रीतसनसनीपूर्ण सामग्रीहरुलाई प्राथमिकतामा राख्दछ ।
गलत संस्कृतिको कारण मिडीया प्रतिनकरात्मकधारणा वढीरहेकोछ । यहाँसम्मकि मिडीयाले त लेखिहाल्छ, वोलीहाल्छ अनिविरोध गरिहाल्छभन्ने गलतवुझाईछ । यो राम्रो सङ्केत होइन । मिडीया प्रतिको नकरात्मकधारणालाई सकरात्मक र सृजनशीलतामावदल्नको लागिगलतप्रवृत्तीलाई सचेत, विवेकशील, अनुशासित र जिम्मेवार ढङ्गले सच्याउनु पर्दछ । समाज रुपान्तरणको हिस्सेदार एवंविभेद र अन्याय विरुद्धको साधनवन्नुपर्दछ । आवाजविहीनहरुको आवाजवन्नुको साथैशोषित उत्पीडितहरुको सारथीवन्नु पर्दछ । स्वार्थमाआधारित उपभोक्तावादीब्ल्याकमेलीङ र प्रतिशोधको मनोविज्ञानलाई हटाउनु पर्दछ । तवआममासकरात्मकधारणा वन्नेछ ।
तसर्थ,वर्तमान मिडीयाको संख्यात्मक अङ्कगणितलाई गुणात्मक परिणाममा वदल्नुपहिलो कार्यभार हो। मिडीया मैत्रीनीति र विधिमार्फत नियामकनिकायको प्रत्यक्षनिगरानी, नियन्त्रण र अनुगमनको विचवाट मिडीयाहरुलाई आलोचनात्मक समर्थन, गतिशील, सृजनशील र वस्तुवादी वनाई समाज रुपान्तरणमा सक्रिय गराउँनु पर्दछ । अन्यथा समग्र मिडीया जगत प्रतिशोध साँध्ने भाँडो, मागीखाने कमाण्डलु, ठगी व्यापार र इमोशनलब्ल्याकमेलीङको साधनमात्रवन्नेछ । यस्ता सवाल मिडीयाको लागिकलङ्कनै हुन । यसरी मिडीयाको दुरुपयोग गर्नु भनेकोपरोक्षरुपमावढदो नकरात्मकप्रवृत्तीलाई मलजलगर्नु हो । त्यसैले आम सकरात्मकधारणासहितको सृजनशील मिडीया संस्कृतिमाजोड दिन जरुरीछ । यस्तो मिडीयाले मात्रराजनीतिक, आर्थिक, सामाजिकतथा सांस्कृतिक रुपान्तरणमा सहयोगीभूमिका खेल्न सक्नेछ ।वेथिति र विकृतीमाथिति र सुकृतीस्थापितगर्नेछ । आजको आवश्यक्ता सकरात्मक, सृजनशीलर आलोचनात्मकमिडीया संस्कृतिको संस्थागतविकास गर्नुहो ।
लेखकःसूचनातथासञ्चार मन्त्रालयका सञ्चार विज्ञ (सल्लाहकार) हुन ।
वर्तमान मिडीयाप्रवृत्ती
राजेन्द्र किराती विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै विश्वमा सूचनातथा सञ्चार जगतमाकायाकल्पभएकोछ । सिङ्गो मानव समाजको अभिन्नपक्षनै मिडीयावनेकोछ । छिटो, सहज र व्यवहारिकढङ्गले आममानवजगतलाई सुसुचितगर्ने माध्यमनै मिडीयाहो । हरेक वर्ग, समुदाय र क्षेत्रकामानिसहरुको दैनिकतथा दीर्घकालिकक्रियाकलापहरुको अभिलेखिकरणगर्ने साधन नै मिडीयाहो । अर्थात आजकुनै मुलुक, समुदाय, दल, संस्था, समुह र व्यक्ति मिडीयाको उपयोग विनाप्रभावशालीवन्न सक्दैन ।सफलताको आधारभूतकडीनै मिडीया वन्दै गइरहेकोछ । यसको सार्वभौमिकता, उपदेयता र सान्दर्भिकता ऐच्छिक होइनअनिवार्य भएकोछ । २१ औंशताव्दीको मिडीयाको वास्तविकतायहीहो ।
इतिहासलाई नियाल्दातात्कालिनशासकहरुले मिडीयालाईशासनसत्ता रक्षाको साधनवनाएको देखिन्छ । उनीहरुलेअन्याय र विभेदपूर्ण शासनलाई वचाउगर्न मिडीयाको उपयोग गरे। आफ्नो गुणगान र महिमामण्डनको लागि सिङ्गो मिडीयालाई होल्ड गर्दथे । जनस्तरमामिडीयाको पहुँचथिएन ।तर सामन्तवादको अन्त्यसँगै पूँजीवादीप्रजातन्त्रको स्थापनाभयो । त्यसपछि सामन्ती राजतन्त्रवाकुलीनतन्त्रमानिहीतनिरपेक्ष शासकीयशक्ति केही सभ्रान्त र पढेलेखेकाजनताको पहुँचसम्मविस्तार भयो । त्यसवेला समाजवादीहरुले सामुहिक अर्थतन्त्रअन्तरगतको राजकीयकरण रपुँजीवादीहरुले नाफामुखीअर्थतन्त्रको छाहरीमानिजीकरणको वकालत गरे । यही विन्दुबाटनिजी क्षेत्रमा मिडीया आरम्भभयो ।

आज सञ्चारप्रविधिको नाटकीय विकास रउपयोग भइरहेकोछ । निजी मिडीयाहरु च्याउ सरी उम्रिएकाछन् । नेपालकै सन्दर्भमासामन्तीपञ्चायतीशासनमासरकारी सञ्चार माध्यमहरुको एकाधिकार थियो । वहुदलीयप्रजातन्त्रको पुनःस्थापना पछि जनस्तरमा धेरै मिडीयाहरु खोलिए । यतालोकतान्त्रिक गणतन्त्रको स्थापना पछि त झनै छापा तथाविद्युती मिडीयाहरु खोल्ने उभारनै चलेकोछ । अर्को शव्दमा मिडीया क्षेत्रमाअभूतपूर्वक्रान्तिभएकोछ । हालनेपालमाझन्डै आठ सय पत्रपत्रिका, सात सय रेडियो,पचासी वटा भन्दा वढी टिभी र दर्जनौं अनलाइन मिडीयाहरु छन् ।संख्यात्मकरुपमामिडीयाकोयो तथ्याङ्क अत्याधिकहो ।यसले नीतिगत, व्यवस्थापकीय, प्राविधिक र गुणात्मक जटीलता वढाएकोछ ।चुनौतीकाअग्लो पहाड उभ्याइदिएकोछ, जुननिकै जटीलछ ।
नियमतःवस्तुको संख्यात्मकविकासको पराकाष्ठनै गुणात्मक फड्को मार्ने टर्नीङपोइन्ट हुन्छ । संख्यात्मकविकासको चरम अवस्थानै गुणात्मक परिणामको आधारशीलाहो । संख्यालाई गुणमा वदल्ने प्रस्थानविन्दुनै यहीहो । त्यसैले आज नेपाली मिडीयाको गुणात्मक विकासमा स्टेकहोल्डरहरुले सामुहिकतथा संस्थागतपहलगर्न जरुरीछ । समाज रुपान्तरणमा मिडीयाको औचित्य र महत्वपुष्टी गुणात्मक विकासको सफलतामानिर्भर हुन्छ । यसलाई गुणात्मक रुपान्तरण गर्न सकिएनभने यो अराजक, विवेकशुन्य, अनुशासनहिन, अवस्तुवादीर अव्यवहारिक वन्दछ । त्यतिमात्रहोइनआफ्नो नीतिशाष्त्रीय मुल्यमान्यतावाट गिरेर केवलनाफाको व्यापार, राजनीतिकतथाभावनात्मकव्लयाकमेलीङगर्ने माध्यम वन्दछ जुन मिडीयाको आदर्श होइन । त्यसैले संख्यात्मकअङ्कगणितलाई नीतिगतव्यवस्थापनर अनुगमनमार्फत गुणमा वदल्न जरुरीछ ।
कुनै वस्तुको विकास र विस्तार नैचुनौती र जटीलता थपिनु हो । नियामक संस्थाको सहीनीति र विधिद्वारा नियन्त्रण र निर्देशननभए अराजकता र अव्यवस्थातर्फ धकेलीने खतरा हुन्छ । राजनीतिक परिवर्तनसँगै विशेष गरेर तेस्रो विश्वकामुलुकहरुमा मिडीयाको आकार विस्तार भएसँगै अराजकता र अनुशासनहीनताको आयतनपनि वढेकोछ । वर्तमानलोकतान्त्रिकशासनव्यवस्थाअन्तरगतनाफामुखीएकाधिकार पुँजीवादको वर्चश्व रहेकोछ । यसले विश्वव्यापीकरण, उदारीकरण तथानिजीकरणमा आधारित एकाधिकार आर्थिक नीतिको वकालतगर्दछ ।नीजित्व रनाफाको पक्षपोषण गर्दछ । यसमाराजनीतिक, आर्थिक, सामरिक, सामाजिक, सांस्कृतिक, धार्मिक,दलगत, क्षेत्रगत, समुहगत र व्यक्तिगतनिहीत स्वार्थहरु टकराउँदछ । यस्तो परिवेशमा स्वतन्त्रतार आर्दशतावोकेकोवस्तु वा संस्थाखोज्नुवनीवनाउकल्पनामात्र हुन्छ ।
आजको विश्वदलालतथानोकरशाहीएकाधिकार पुँजीवादी साम्राज्यकोराज्यरुपहो । नाफा र व्यापारमुखीएकाधिकार पुँजीवादी अर्थतन्त्रहो ।साम्राज्यवादी सैन्य हस्तक्षेपको सामरिक नीतिहो ।उपभोक्तावादी सांस्कृतिक साम्राज्यको अवधारणाहो । यस्तो परिवेशमाजुनसुकै वस्तु वा संस्थाले सार्वभौमरुपमावर्गपक्षधरतार स्वार्थ वोकेको हुन्छ । उपभोक्तावादी सांस्कृतिक धरातलमाकुनैवस्तु वा संस्थाहरुलाई आफ्नो आदर्श र मुल्यमान्यतामा रहेर कामगर्नु कठिन हुन्छ । आजपत्रकारिता क्षेत्र पनिउपभोक्तावादी संस्कृतिवाट अलग छैन । मिठो खाइहाल्ने, राम्रो लाइहाल्ने, गुडीजाने, उडीजाने, रमीते डाँडावाट रमीतिपानगरिहाल्ने, धनीवनीहाल्ने,नाफागरिहाल्ने,मोजमस्तीमा रमीहाल्ने अनिभोगविलाशगरिहाल्ने जस्ता उपभोक्तावादी संस्कृतिले मिडीयाहरुलाई नराम्ररी गाँजेकोछ ।उपभोक्तावादी सांस्कृतिक रसायनले मिडीयाको आदर्श, मुल्य, अनुशासनर नीतिशाष्त्रलाई जोड्न सक्दैन ।योसैद्धान्तिक आदर्श विपरित प्रवृत्ती हो ।
यसैगरि आजनेपाली मिडीया उपभोक्तावादी संस्कृतिद्वारा सङ्क्रमितछ । सकरात्मकता,सृजनशीलता र वस्तुवादीताको स्थिति रक्षात्मकछ । निरपेक्ष नकरात्मकता हावीछ । उपभोक्तावादी संस्कृतिले सिङ्गो मानव समाजलाई सृजनशील, सहयोगी, व्यवहारिक, वस्तुवादी र कर्मशीलवन्न प्रेरित गर्दैन । आलोचनात्मकआलोचना र समर्थन गर्दैन । निरपेक्ष आलोचना, समर्थन र प्रतिशोध साँध्ने कामगर्दछ ।आफुले सिन्कोनभाँच्ने, अरुले गरेको नदेख्नेतर निहीत स्वार्थको लागिअरुमाआशावादीभइरहने लम्पट प्रवृत्तीनै उपभोक्तावादहो । यसले सम्पूर्ण मानव संस्कृतिलाई जस्तै मिडीयालाई पनिप्रदुषितवनाएकोछ । उपभोक्तावादी परिवेश, प्रवृत्ती र पाठक मैत्रीवन्नेक्रममाआज नेपाली मिडीयामानकरात्मक घटनाप्रवृत्ती मौलाउँदै गएकोछ ।नराम्रो घटनाको सनसनीमाव्ल्याकमेलीङ गर्ने संस्कृति वढेकोछ । यसमा परिवेशलाई ढाकछोप गर्दैसार भन्दा रुपमाध्यान दिइन्छ । उदाहरणस्वरुपयुवतीले आत्महत्या गरेको घटना उजागर गरिन्छ तर आत्महत्यागर्नुपर्ने सामाजिकविवशताको निर्मम परिवेशलाई प्राथमिकतामा राखिदैन ।यो प्रगतिशीलपत्रकारिताप्रवृत्ती होइन । यसले वजार वाउपभोक्ता केन्द्रीतसनसनीपूर्ण सामग्रीहरुलाई प्राथमिकतामा राख्दछ ।
गलत संस्कृतिको कारण मिडीया प्रतिनकरात्मकधारणा वढीरहेकोछ । यहाँसम्मकि मिडीयाले त लेखिहाल्छ, वोलीहाल्छ अनिविरोध गरिहाल्छभन्ने गलतवुझाईछ । यो राम्रो सङ्केत होइन । मिडीया प्रतिको नकरात्मकधारणालाई सकरात्मक र सृजनशीलतामावदल्नको लागिगलतप्रवृत्तीलाई सचेत, विवेकशील, अनुशासित र जिम्मेवार ढङ्गले सच्याउनु पर्दछ । समाज रुपान्तरणको हिस्सेदार एवंविभेद र अन्याय विरुद्धको साधनवन्नुपर्दछ । आवाजविहीनहरुको आवाजवन्नुको साथैशोषित उत्पीडितहरुको सारथीवन्नु पर्दछ । स्वार्थमाआधारित उपभोक्तावादीब्ल्याकमेलीङ र प्रतिशोधको मनोविज्ञानलाई हटाउनु पर्दछ । तवआममासकरात्मकधारणा वन्नेछ ।
तसर्थ,वर्तमान मिडीयाको संख्यात्मक अङ्कगणितलाई गुणात्मक परिणाममा वदल्नुपहिलो कार्यभार हो। मिडीया मैत्रीनीति र विधिमार्फत नियामकनिकायको प्रत्यक्षनिगरानी, नियन्त्रण र अनुगमनको विचवाट मिडीयाहरुलाई आलोचनात्मक समर्थन, गतिशील, सृजनशील र वस्तुवादी वनाई समाज रुपान्तरणमा सक्रिय गराउँनु पर्दछ । अन्यथा समग्र मिडीया जगत प्रतिशोध साँध्ने भाँडो, मागीखाने कमाण्डलु, ठगी व्यापार र इमोशनलब्ल्याकमेलीङको साधनमात्रवन्नेछ । यस्ता सवाल मिडीयाको लागिकलङ्कनै हुन । यसरी मिडीयाको दुरुपयोग गर्नु भनेकोपरोक्षरुपमावढदो नकरात्मकप्रवृत्तीलाई मलजलगर्नु हो । त्यसैले आम सकरात्मकधारणासहितको सृजनशील मिडीया संस्कृतिमाजोड दिन जरुरीछ । यस्तो मिडीयाले मात्रराजनीतिक, आर्थिक, सामाजिकतथा सांस्कृतिक रुपान्तरणमा सहयोगीभूमिका खेल्न सक्नेछ ।वेथिति र विकृतीमाथिति र सुकृतीस्थापितगर्नेछ । आजको आवश्यक्ता सकरात्मक, सृजनशीलर आलोचनात्मकमिडीया संस्कृतिको संस्थागतविकास गर्नुहो ।
लेखकःसूचनातथासञ्चार मन्त्रालयका सञ्चार विज्ञ (सल्लाहकार) हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार