विदामा गएका घरेलु कामदारलाई पुनस् श्रमस्वीकृति दिन माग
काठमाडौं । ओमनस्थित नेपाली एकता समाजले विदामा गएका घरेलु कामदारलाई पुनस् श्रमस्वीकृति दिन माग गरेको छ । समाजले मस्कटस्थित नेपाली दूतावासमार्फत सरकारलाई ज्ञापन पत्र पेश गर्दै सो माग गरेको हो । समाजले विदामा गएकालाई आउन रोक लगाउने कार्य गलत भएको वताएको छ ।
‘जेनतेन बालबच्चाहरु पढाई र खानपिन धानिरहेका महिलालाई रोजगारबाट बञ्चित गराउनु राम्रो कार्य नहुने र अधिकांस महिलाहरु अशिक्षित र बिपन्न बर्गको भएको हुनाले उनीहरुले तत्काल कुनै जागीर वा ब्यवसाय गर्न पनि असक्षम हुनेछ,’ ज्ञापनपत्रमा भनिएको छ,‘सरकारले तत्काल त्यस्तो कुनै बैकल्पीक ब्यवस्था गर्न सक्ने अवस्था नभएको हुँदा यसलाई तत्काल फिर्ता लिएर बिदामा घर गएर फेरि फर्केर काम गर्न चाहने महिलाको निम्ति सहज वातावरण तय गर्न समेत सरकारसंग जोडदार माग गर्दछ ।’
अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, महिला बिभागकी अध्यक्ष गीता लिम्बू लगायत टोलीले कार्यबाहक राजदूत रोजिना ताम्राकार समक्ष ज्ञापन पत्र बुझाएको हो ।
समाजले विभिन्न देशको बिमानस्थलमा सेटिङ गरी महिलालाई ओसारपसार भइराख्दा पनि सरकारले अझै रोक्न नसकेकोप्रति चिन्ता जनाएको छ । उसले सरकारको संरक्षकत्वमा सम्भावना भएका देशमा कामदार पठाउने ब्यवस्था गर्न माग गरेको छ ।
समाजले प्रवासी नेपालीलाई मतदानको ब्यबस्था र प्रतिनिधित्वको ब्यवस्था गर्न माग गरेको छ । सरकारले मलेसिया लगायत खाडी मुलुकमा जान चाहने कामदारलाई शुन्य लागतमा पठाउने ब्यबस्थालाई कडाईका साथ लागु गर्न माग गरेको छ । समाजले सबै नेपालीको साझा नेपाली सोसियल क्लब दर्ता गर्नको लागि पहल गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...